फोटो पत्रकारिता दिवसको अवसरमा आज नेपालको फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै
आज ९७औं राष्ट्रिय फोटो पत्रकारिता दिवस । आज देशभरका फोटो पत्रकारहरूले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय फोटोपत्रकारिता दिवस मनाउँदैछन् । विक्रम सम्बत १९८४ मा आजकै दिन गोरखापत्रमा प्रथमपटक फोटो समाचार छापिएको थियो । वीरगञ्जकी एक महिलाले चर्खाबाट धागो कात्दै गरेको फोटो गोरखापत्रमा प्रकाशित भएको दिनको सम्झनामा नेपालका फोटो पत्रकारहरूले वैशाख १३ गतेको दिनलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रूपमा मनाउँदै आएका छन् । […]