शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
Jun 10, 2016
दोरम्बा घटनाका पिडितद्वारा पुर्व राजादेखि स्व. सुर्यबहादुर थापा विरुद्ध उजुरी
शुक्रबार, जेष्ठ २८, २०७३
काठमाडौं । २०६० साल साउन ३२ गते युद्धविरामको समयमा भएको रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापा लगायत विरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् ।

पीडित १५ परिवारले बिहीबार आयोगमा उजुरी दिँदै स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन माग गरेका हुन् । त्यस घटनामा तात्कालिन माओवादीका रामेछाप जनसरकार प्रमुख बाबुराम तामाङ, अम्बिका दाहाल, प्रदिप दोङ, टेक बहादुर थापा मगर, ठुलोराम लामा, सानुराम लामा, लक्ष्मण मोक्तान, युवराज मोक्तान, लिला मोक्तान, चतुर्मान थामी, संगीता थामी, विष्णुमाया थापा मगर, हर्क घिसिङ, पदम राज गिरी, उमा केसी, श्याम बहादुर तामाङ, रवि चौहान र निशा थामी लगायत २२ जनाले ज्यान गुमाएका थिए ।

तत्कालिन राजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री सुर्य बहादुर थापा, गृहमन्त्री कमल थापा, गृह–सचिव अनन्तराज शर्मा पाण्डे, सेनापती प्यारजंग थापा, आईजिपी श्यामभक्त थापा, रामेछापका तत्कालिन सिडीओ चुडामणी बस्याल, डिएसपी रामप्रसाद श्रेष्ठ, श्रम तथा यातायात राज्य मन्त्री कमल चौलागाईं, मेजर राममणि पोखरेल, रामेछाप जिल्ला सभापती धुर्व लामा र उप–सभापति रमेश बस्नेतविरुद्ध किटानी जाहेरी दिएका हुन् ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang