बिहीवार, २९ कार्तिक, २०७५ (Thu, 15 November, 2018)
विचार
Jul 01, 2016
पर्यटन-प्रबर्दनमा नेपाल वायुसेवा निगमको भूमिका
शुक्रबार, आषाढ १७, २०७३
- हरि गोपाल प्रधान
नेपाल वायुसेवा निगम (तत्कालीन शाही नेपाल वायुसेवा निगम) ले आजभन्दा पाँच दर्शक अघिदेखि आप्mनो सेवा सुरु गरेको हो । यसले विविध समस्याहरू झेल्दाझेल्दै पनि नेपालका हिमाली र पहाडी भेगका निकै स्थानहरूमा निरन्तर रूपमा आन्तरिक हवाईसेवा पु¥याइरहेको छ । नेपाल वायुसेवा निगमको सेवा नै नेपालका हवाईसेवाहरूमध्येको पुरानो र महत्वपूर्ण सेवा हो । यो निगम देशका विभिन्न ठाउँहरूका अतिरिक्त विदेशसम्म पनि आप्mनो उडान गराउन सफल रहेको छ । यो निगमले सुलभ र नियमित रूपमा हवाईयात्रुहरूलाई सेवा पु¥याउँदै आएको छ । हिमाली क्षेत्रको प्रतिकूल मौसम, भूधरातलीय अवस्थिति, पर्याप्त प्रविधिको अभाव, उड्डयनसम्बन्धी राष्ट्रिय नीतिको अपर्याप्तता, व्यवस्थापकीय पक्षमा राजनीतिक दबाब र आवश्यकताभन्दा कम साधन–स्रोत यो निगमले झेल्दै आएका केही समस्याहरू हुन् । यति हुँदाहुँदै पनि यो निगम आर्थिक रूपमा मन्दी खपेरसमेत हालसम्म सञ्चालन भइरहेको छ । यसबाट यात्रुहरूप्रति यो निगम पूर्ण रूपमा सचेत रहेको कुरा प्रस्ट भएको छ ।

संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने साधन भनेको यातायात नै हो । यातायातविना समुचित विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी राष्ट्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता राष्ट्रहरूमा यातायातका स्थलसाधनहरू विकट पहाडी क्षेत्रहरूमा पु¥याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रहरूमा हवाईसाधनको व्यवस्था गर्नु आवश्यक पर्दछ । तर हवाईसाधनको व्यवस्था गर्नु पनि महँगो पर्दछ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा अत्यन्त कठिन हुने भए तापनि त्यस्ता राष्ट्रहरूमा स्थल यातायातभन्दा हवाईयातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।

अत्यन्तै न्यून भू–भाग मात्र सुगम र अत्यधिक भू–भाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँहरूमा समेत यातायात सेवा पु¥याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थानहरू यातायातको सुविधाबाट वञ्चित रहेका छन् । यो स्थिति राष्ट्रकै लागि लाजलाग्दो कुरा हो । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँहरूमा यातायातको विस्तार गर्नु अत्यावश्यक देखिन्छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव पनि होइन ।

नेपाल वायुसेवा निगमले सडक यातायात पु¥याउन नसकिएका कतिपय ठाउँहरूमा पनि हवाईसेवा पु¥याइरहेको छ । त्यस्तै यसले हिमाली शृङ्खलाका मनोरम दृश्य हेर्न आउने विदेशी पर्यटकहरूलाई ती स्थानमा पु¥याई सेवा गरिरहेको पनि प्रस्टै छ । कतिपय ठाउँका मानिसहरूले दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा पनि निगममै भर पर्नुपरेको तथ्य सर्वविदितै छ । त्यस्ता ठाउँहरू यातायातका अन्य साधनहरूबाट पूर्ण रूपमा वञ्चित रहेका छन् र मानिस आफैंले सामान ढुवानी गर्न पनि बिलकुलै असम्भव रहेको छ । राजधानीबाट अत्यन्तै टाढा र अति दुर्गम स्थानमा रहेका र कुनै पनि यातायातको सम्भावना नरहेका यस्ता स्थानहरूमा निगमले सेवा पु¥याउँदै आएको छ ।

विमानसेवाको विकास, विस्तार र व्यवस्थापनले राष्ट्रको विकासका निम्ति महत्वपूर्ण भूमिका खेलेका हुन्छ । अझ हाम्रोजस्तो पहाडी मुलुकमा त हवाईसेवाको विस्तार नगरीकन अन्य क्षेत्रको विकास गर्न अत्यन्तै कठिन पर्ने मात्र होइन, असम्भव नै हुन्छ । हवाईसेवाको विस्तार गरी देशको विकास गर्न निगमले अत्यन्तै महत्वपूर्ण भूमिका खेल्न सक्तछ । आर्थिक घाटा, विमानको कमी, उच्चस्तरीय दक्ष जनशक्तिको अभाव आदिजस्ता निगमले हाल झेल्दै आएका प्रमुख समस्याहरूको समाधान गरी आधुनिक उपकरण तथा अन्य आवश्यकीय वस्तुहरूको परिपूर्ति गर्दै जाने हो भने भविष्यमा निगमले प्रशस्त सेवा गर्न सक्ने कुरामा पटक्कै विवाद हुन सक्तैन ।

अर्को कुरो, नेपालका अत्यन्तै विकट र दुर्गम स्थानहरूमा आधुनिक सञ्चारका साधनहरूको कमी छ र व्यवस्थित मैदानको पनि अभाव छ । यस्ता समस्याहरूलाई सहँदै निरन्तर हवाईसेवा सञ्चालन गरिरहेको हुनाले समाधानतर्फ लागि पर्न थाल्ने बित्तिकै निगमले सेवाका स्थानहरू बढाउन सक्ने कुरामा द्विविधा छैन ।

विदेशका धेरै मुलुकहरूमा राष्ट्रिय ध्वजावाहकका रूपमा नेपालको छविलाई विश्वमा फैलाउने कार्यमा नेपाल वायुसेवा निगम उत्तिकै क्रियाशील रहेको छ । स्वदेशका सगरमाथा, माछापुच्छ«े, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर, लाङ्टाङ तथा अन्य थुप्रै हिमाली क्षेत्रमा यसले यात्रुहरूलाई दृश्यावलोकन गराइरहेको छ भने विदेशतर्फ भारतका विभिन्न स्थानहरू, जस्तै ः नयाँ दिल्ली, बैगलोर, मुम्वई, मलेसियाको क्लालालम्पुर तथा दोहा, बैङ्कक, हङकङ आदिजस्ता थुप्रै स्थानहरूमा सेवा पु¥याउँदै आएको छ । निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै उडानहरू कटौती गरेको भए तापनि आवश्यक व्यवस्था गरी कटौती भइसकेका स्थानमा पनि अब उडानहरू भर्नु अत्यावश्यक भइसकेको छ ।

केवल हवाई–यातायातका दृष्टिले मात्र निगम महत्वपूर्ण भएको होइन, राष्ट्रको समग्र विकासमा पनि यसको अग्रसरता रहेको स्पष्टै छ । विकट पहाडी स्थानहरूको सम्पर्क राजधानी तथा सुगमका स्थानहरूमा गराई निगमले एक–अर्काबीच व्यापार–व्यवसाय र सांस्कृतिक आदानप्रदान गराई सामाजिक एकीकरण नै गराइदिएको छ । आवतजावत र सम्पर्क बारम्बार भइरहनाले भाषिक एकीकरण गर्ने र शैक्षिक चेतना जगाउने कार्यमा समेत निगमबाट महँवपूर्ण भूमिका निर्वाह हुँदै आएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु मात्र निगमको कर्तव्य होइन, यातायातको सुविधा नभएका ठाउँहरूमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि यसको कर्तव्य हो । हाम्रो जस्तो हिमालैहिमाल र पहाडैपहाडले भरिएको मुलुकमा विदेशी पर्यटकहरूलाई भित्र्याउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो राष्ट्रको प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै नेपाल वायुसेवा निगम हो । पर्यटन–उद्योग नै देशविकासको मेरुदण्ड भएको हुनाले र पर्यटन–उद्योगको विकास निगमको क्रियाकलापमा नै निर्भर रहेको हुनाले निगमको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यनटनक्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्ने छ ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan