नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको दोस्रो चरणको संवाद यात्रा बिहीबार बिहान नवलपरासीको गौरीगञ्जबाट शुरु भएको छ । स्थानीय चोकमा रहेको जननायक बीपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर उनले पहिलो चरणमा रोकिएको संवाद यात्रालाई निरन्तरता दिएका हुन् । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा तीन दिन चल्नेछ । […]