आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा सांसदका प्रश्नको जवाफ दिने
प्रतिनिधिसभा बैठकको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदको प्रश्नको जवाफ दिने भएका छन् । यही बैठकमा प्रधानमन्त्रीले सांसदले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने भएका हुन् । यसका लागि संसद् सचिवालयमा सांसदले पहिले नै प्रश्न टिपाइसकेका छन् । राष्ट्रिय सरोकारका विषयमा प्रत्येक महिना पहिलो साता प्रधानमन्त्रीको प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ । […]