सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
समाचार
Jul 10, 2016
ज्येष्ठ नागरिक कोषको सभापतिमा वरिष्ठ पत्रकार कर्माचार्य
आईतवार, आषाढ २६, २०७३
काठमाडौं । समाज कल्याण परिषद्ले ज्येष्ठ नागरिक कोषको सभापतिमा वरिष्ठ पत्रकार रामकृष्ण कर्माचार्यलाई मनोनयन गरेको छ ।

परिषद्ले पहिलो पटक कोषको सभापति पदमा वरिष्ठ पत्रकार कर्माचार्यलाई चार वर्षका लागि मनोनयन गरेको हो । परिषद्को कार्यसञ्चालन समितिको बैठकले उनलाई नियुक्ति गरेको परिषद्ले जनाएको छ ।

कोषले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, ज्येष्ठ नागरिकलाई प्रदान गरिएको भत्ता रकमको पुनरावलोकन गरी समसापेक्ष बनाउने, विकास क्षेत्रमा वृद्धाश्रम निर्माण गरी सञ्चालन गर्ने, छोराछोरीलाई आफ्नो बाबुआमाप्रति जिम्मेवार बनाउन कानुनी व्यवस्था वा संयन्त्र निर्माण सम्बन्धमा अध्ययन गरी प्रतिवेदन कार्यान्वयन गर्ने जस्ता काम गर्न सरकारलाई सहजीकरण गर्ने छ ।

यसैगरी अन्तरपुस्ता फरक कम गर्ने सम्बन्धमा वृत्तचित्र निर्माण गरी प्रसारण गर्ने, ज्येष्ठ नागरिकलाई सम्मान गर्न रेडियो, टेलिभिजन तथा एफएम मार्फत जनचेतना मूलक कार्यक्रम प्रशारण गर्ने रहेको छ । वर्तमान सरकारले जेष्ठ नागरिकलाई प्रदान गर्दै आएको भत्ता एक हजारबाट दोब्बर गरेको छ । हाल मुलुकभर करिब रु २२ लाख ज्येष्ठ नागरिक रहेका छन् ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale