शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
विचार
Jul 22, 2016
मानव जातिका लागि वातावरणको महत्व
शुक्रबार, श्रावन ७, २०७३
लक्ष्मीकिशोरी पराजुली
वातावरण सम्पूर्ण प्राणीका लागि घर हो । वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ । वातावरणका प्राकृतिक श्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ । मानिस आज जुन अवस्थामा छ त्यो सम्पूर्ण रूपमा वातावरणको देन हो । वास्तवमा भन्नुपर्दा वातावरणको अत्याधिक शोषणका कारण विश्वको यो विकास सम्भव भएको हो । मानव जीवनको अस्तित्व वातावरणमा अडिएको छ । चाहे त्यो भौतिक वातावरण होस वा अभौतिक वातावरण । व्यक्ति वा सिङ्गो समुदायको विकास प्रक्रियामा वातावरणीय परिस्थितिको महत्वपूर्ण भूमिका रहन्छ ।

वातावरणलाई विशेष गरी दुई भागमा बाँड्न सकिन्छ । जसमा प्राकृतिक वातावरण र सामाजिक र सांस्कृतिक वातावरण पर्दछन् । साधारण अर्थमा हामी मानव समाजका आसपासमा रहेको हावापानी, माटो, वनजङ्गल, पशुपंक्षी, तापक्रम, खनिज आदिलाई प्राकृतिक वातावरण भनेर बुझ्छौ भने मूल्य, मान्यता, रीति, परम्परा, धर्म, सामाजिक सङ्गठन, सम्बन्ध, लेनदेन आदिलाई सामाजिक र सांस्कृतिक वातावरण भनेर बुझ्छौ । मानवबाहेक पृथ्वीका सम्पूर्ण प्राणी प्राकृतिक वातावरणमा बाँचेका हुन्छन् भने मानवलाई दुवै वातावरणको उत्तिकै आवश्यकता पर्दछ । ‘वातावरणले जीवनका लागि आवश्यक श्रोतहरू उपलब्ध गराउँछ र वातावरण सम्पूर्ण प्राणीका लागि घर हो’ भनेर वातावरणको महत्वका विषयमा समाजशास्त्री दुनलप र काटोनले बताएका छन् । यो भनाइबाट पनि मानव जातिका लागि वातावरणको महत्व प्रष्ट हुन्छ ।

वातावरण जीवनको अस्तित्वसँग जोडिएको विषय हुँदाहुँदै पनि आज विश्वमा मानवकै कारण थुप्रै समस्या उत्पन्न भई वातावरणमा प्रतिकूलता थपिएका छन् । प्रकृतिले मानव उपयोगी वातावरण सुम्पिएको अवस्थामा आज मानिसले विकासको होडमा वातावरणमाथि ठूलो शोषण गरेको छ र आफ्नो जीवनको अस्तित्वलाई दाउमा राखेको छ । क्षणिक फाइदालाई मात्र हेर्दा वातावरण मानव प्रतिकूल बन्दै गइरहेको छ । अझ पनि मानिसको ध्यान पूर्णरूपमा वातावरण संरक्षणमा जान सकेको छैन । वातावरणमा रहेका प्राकृतिक श्रोत र साधनको अत्याधिक शोषणले आज मानव अस्तित्व नै संकटमा परेको छ । ओजन तहको विनास, त्यसको परिणाम स्वरूप र्सूयबाट अत्याधिक मात्रामा परावैजनिकीरण पृथ्वीमा आउने गरेको कारण पृथ्वीमा विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, मरुभूमीकरणजस्ता समस्या विश्वव्यापी रूपमा अत्याधिक जल्दोबल्दो समस्याको रूपमा देखिएको छ । विकासका क्रममा वातावरण प्रदुषणजस्ता समस्या तड्कारो रूपमा देखिएको छ । वायुप्रदुषण, जलप्रदुषण, ध्वनि प्रदुषणले मानिसमाक्यान्सर, मानसिक रोगलगायतका विभिन्न घातक रोगहरू निम्ताएको छ ।

पछिल्लो समयमा वातावरण संरक्षण सहितको विकास दिगो विकास हो भन्ने अवधारणा पनि अगाडि सारिएको छ । सोही विषयलाई लिएर अन्तर्राष्ट्रियस्तरमा सन् ५ जुन १९७२ मा संयुक्त राष्ट्रसंघीय पर्यावरण कार्यक्रम (यूएईपी) समेतको स्थापना भएको छ भने नेपालमा पनि वातावरण संरक्षण ऐन २०५३ र वातावरण संरक्षण संरक्षण नियमावली २०५४ ल्याइएको छ । त्यस्तै नगर विकास समिति ऐन २०१९, नगर निर्माण योजना कार्यान्वयन ऐन २०३९, गाउँ विकास समिति ऐन २०४७, नगरपालिका ऐन २०४७ तथा स्थानीय स्वायत्त शासन २०५५ नियमावली २०५६ लगायतका ऐन नियममा पनि वातावरणसँग सम्बन्धित विषय वस्तु समेटी कानुनी व्यवस्थाको उल्लेख गरेको पाइन्छ । त्यस्तै वातावरण मन्त्रालयको समेत स्थापना गरी चासो दिएको देखिन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वातावरण संरक्षणका विषयमा कदम चालिए पनि ती प्रयासहरू पर्याप्त मात्रामा छैनन् र प्रभावकारी बन्न पनि सकेका छैनन् ।

वातावरण व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषय हो । यही आज विश्व सामु जल्दोबल्दो समस्याको रूपमा रहेको छ । विकासका क्रियाकलापले पनि वातावरणलाई विनास गरेको हुन्छ । आजका विकासले भावी पुस्ताको जीवन प्रक्रियामा असर नपुग्ने विकास दिगो वावास्तविक विकास हो । विकासका नाममा कुनै पनि प्राणीको बाँच्न पाउने अधिकारलाई हनन गर्नुहुँदैन । तर यसो भइरहेको छ । अब ढिलो नगरी वातावरण संरक्षणका लागि सरकारी स्तरबाट पनि अझ प्रभावकारी नीतिनिर्माण गरी कार्यान्वयन गर्न जरूरी छ । जसका लागि प्राकृतिक श्रोत साधनको नियन्त्रण गर्ने, विकासका क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने, अत्याधिक वायु प्रदुषण, ध्वनि प्रदुषण गर्ने सवारी साधनहरू, कलकारखानाहरू, रसायनिक भट्टीहरू आदिलाई तिनिहरूबाट हुने प्रदुषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्नेजस्ता कार्य सरकारी स्तरबाट हुन आवश्यक छ । साथै सरकारी निकायको प्रत्येक अङ्गमा वातावरण सेल स्थापना गर्न सकिन्छ । जसबाट वातावरण संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै मानवअनुकूलको वातावरण निर्माणमा सहयोग जुट्छ । जनस्तरबाट पनि वातवरण संरक्षणमा जुटनु उत्तिकै आवश्यक छ । फोहोर मैला व्यवस्थापन, वृक्षरोपण र संरक्षण, प्राकृतिकश्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदुषण्सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गर्न सकिन्छ । स्वच्छ वातावरण भावी पिंढीलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । स्वच्छ वातावरण हाम्रो मात्र नभई हाम्रा भावी सन्तानको समेत अधिकार हो । यस विषयमा बेलैमा सोचौं । हैन भने हामी त समस्याको सिकार बन्छौ नै, हाम्रा सन्तानले समेत हामीलाई सराप्नेछन् ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु

Sinus Infection And Amoxicillin Keflex Breast Cyst Robaxin 750 viagra Pyridium 200mg By Money Order Levitra Strips Cialis 20 Mg Originale - Ronimmamn
Sinus Infection And Amoxicillin Keflex Breast Cyst Robaxin 750 viagra Pyridium 200mg By Money Order Levitra Strips Cialis 20 Mg Originale - Ronimmamn
Sinus Infection And Amoxicillin Keflex Breast Cyst Robaxin 750 viagra Pyridium 200mg By Money Order Levitra Strips Cialis 20 Mg Originale - Ronimmamn
Sinus Infection And Amoxicillin Keflex Breast Cyst Robaxin 750 viagra Pyridium 200mg By Money Order Levitra Strips Cialis 20 Mg Originale - Ronimmamn


अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang