बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Aug 01, 2016
अब बन्ने सरकारले गर्ने काम निकै जोखिम : दाहाल
सोमबार, श्रावन १७, २०७३
ललितपुर : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकार नेतृत्वको जिम्मेवारी चुनौतीपूर्ण हुने बताएका छन् । क्रान्तिकारी किसान संगठनको संयुक्त भेलाद्वारा आयोजित “क्रान्तिकारी किसान संगठनको ऐतिहासिक एकता राष्ट्रिय भेला”को उद्घाटन गर्दै उनले अब नयाँ सरकारले गर्ने काम निकै जोखिमयुक्त रहने बताए । अबको सरकारको मुख्य दायित्व संविधान कार्यान्वयन गराउनु रहेको उनको धारणा थियो ।

संविधान कार्यान्वयन गर्नुपूर्व आम जनताको हितमा हुने गरी संविधानको संशोधन र परिमार्जन हुनु जरुरी रहेको उनको भनाइ थियो । उनले राष्ट्रलाई आन्तरिक रुपमा एकतावद्ध र सुदृढ गराइराख्नु अर्को महत्वपूर्ण जिम्मेवारी भएको समेत बताए । गाउँपालिका, नगरपालिका, प्रादेशिक तथा संसद्को निर्वाचन गराउनु सरकारको थप चुनौती हुने समेत उनले प्रष्ट पारे । उनले सुस्त अवस्थामा रहेको पुनःनिर्माण कामलाई तीव्ररुपले अघि बढाउने समेत प्रतिवद्धता व्यक्त गरे ।

देशको विभिन्न स्थानमा आएको बाढीपहिरोले पीडित बनाएका जनताका लागि आवश्यक राहत र सहयोग गर्नु अर्को चुनौती भएको उनको धारणा थियो । यसैगरी देशका हितमा हुनसक्ने दीर्घकालीन एवम् ठूला आयोजना सुरु गर्नु पनि चुनौतीकै रुपमा रहेको उनले बताए ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang