बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
देश
Aug 01, 2016
बिना अनुमति कक्षा थप्छन् निजी विद्यालय
सोमबार, श्रावन १७, २०७३
तेह्रथुम : तेह्रथुमका अधिकांश निजी विद्यालयले अनुमति लिएको भन्दा बढी कक्षा सञ्चालन गरिरहेका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार निजी विद्यालयले विद्यालय दर्ता गरेर कक्षा सञ्चालन गर्ने, तर वर्षेनि थपिने कक्षाका लागि अनुमति नलिने गरेका हुन् ।

अंग्रेजी माध्यमको शिक्षाप्रति बढ्दो आकर्षणका कारण गाउँ–गाउँमा व्यवसायीक उदेश्यले विद्यालय खुल्नेक्रम बढ्दो छ । त्यस्ता निजी विद्यालयले विद्यालय सुरु गर्दादेखि थप कक्षा सञ्चालन तथा विद्यालय बन्द गर्नसमेत जिल्ला शिक्षा कार्यालयको अनुमति लिनुपर्ने हुन्छ । तर जिल्लाका अधिकांश निजी विद्यालयले सुरुवातमा विद्यालय सञ्चालन अनुमति लिएपछि कक्षा थप गर्न अनुमति नै नमाग्ने गरेको सहायक जिल्ला शिक्षा अधिकारी रमेशबहादुर दाहालले बताए ।

निजी विद्यालयले थप कक्षा सञ्चालनका बारेमा अभिभावकले चासो नदिँदा र नियामक निकाय पनि मौन बसिदिँदा गाउँ–गाउँमा ठगी धन्दा मच्चाइरहेका छन् । अझ केही विद्यालयहरु त बिना अनुमति पनि सञ्चालन भइरहेको पाइएको छ । त्यस्ता विद्यालयलाई कारबाही गर्नेबारे जिल्ला शिक्षा कार्यालयले पनि चासो दिइएको छैन । बरु कसैले उजुरीनै नगरेको भनेर पन्छिने गरेको छ ।

जिल्लाको शैक्षिक क्षेत्रसँग जोडिने कार्यको अनुगमन, मुल्यांकन र गलत गर्नेलाई कारबाही गनुपर्ने जिल्ला शिक्षा कार्यालयको काम हो । तर कार्यालयले कर्मचारीको अभाव हुँदा सबै सामुदायीक विद्यालयकै नियमित अनुगमन गर्न नसकिरहेको कार्यालयका अधिकारी बताउँछन् ।

निजी विद्यालयका सम्बन्धमा कार्यालयले हरेक शैक्षिक सत्रको समापनपछि निजी विद्यालयले कक्षा सञ्चालनका लागि लिएको अनुमतिको विवरणसहित अभिभावकलाई सचेत गराउने गरेको सहायक जिल्ला शिक्षा अधिकारी दाहालले बताए । ‘वर्षेनी शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालय, अभिभावक र विद्यार्थी सबैलाई सचेत गर्दै आएको छौं’ सहायक जिल्ला शिक्षा अधिकारी दाहालले भने ‘अहिलेसम्म त्यस्तो बढी कक्षा सञ्चालन गरेको उजुरी परेको छैन । अभिभावक वा अन्य कोहीले त्यसबारे उजुरी दिए हामी त्यस्ता विद्यालयलाई कारबाही गर्छाैं ।’

जिल्लामा अहिले २३ वटा निजी विद्यालय सञ्चालनमा रहेका छन् । त्यसमध्ये सात वटा विद्यालयले माध्यमिक कक्षा सञ्चालनको अनुमति लिएका छन् । बाँकी पाँच वटाले निमा तह र अन्य एघार वटा विद्यालय प्रावि तहका कक्षा–१, २ र ३ कक्षासम्म मात्र कक्षा सञ्चालन अनुमति लिएका छन् । तर ती विद्यालयमा माथिल्लो कक्षासम्म पनि पढाइ भइरहेको छ ।

निजी विद्यालयमा एउटा कक्षा थप्नका लागि कम्तिमा २३ जना विद्यार्थी हुनुपर्छ । कतिपय विद्यालयले विद्यार्थी संख्या नपुगेर पनि थप कक्षाको अनुमति लिन नसकेका हुन् । ‘निजी विद्यालयले कक्षा थप गर्दा थुप्रै मापदण्ड पूरा गर्नुपर्छ, तर विद्यार्थी संख्यालाई मात्र आधार मान्दा पनि न्यूनतम २३ जना विद्यार्थीपनि नपुर्याउने विद्यालयको थप कक्षाको अनुमति दिइएको छैन’ सहायक जिल्ला शिक्षा अधिकारी दाहालले बताए । प्याब्सन जिल्ला अध्यक्ष गजेन्द्र कन्दङ्वाले भने निजी विद्यालयलाई कक्षा थपको अनुमति लिएर मात्र सञ्चालन गर्न निर्देशन गरेको बताए । स्रोत : प्रकाश धौलाकोटी/उज्यालो





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु

wh0cd513587 lisinopril buy kamagra buy fluconazole no rx - Brettstene


अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan