बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
समाचार
Aug 02, 2016
प्रचण्डद्वारा प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता
मंगलवार, श्रावन १८, २०७३
काठमाडौं : साउन १९ गते हुने निर्वाचको प्रधानमन्त्री पदका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् । प्रचण्ड आफ्ना समर्थक दलका नेताहरुका साथ संसद भवनको ल्होत्से हल पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थकमा कृष्णबहादुर महरा, जयदेव जोशी, कुमार खड्का, चन्द्रेश्वर झा, उपेन्द्र यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।

संसद भित्रको दोस्रो प्रमुख दल नेकपा एमालले प्रधानमन्त्री पदमा आफ्नो तर्फबाट उम्मेदवारी नदिने भएको छ । स्थायी समितिको मंगलबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । ‘एमाले अब जिम्मेवार प्रतिपक्षमा बस्छ,’ उनले भने । पार्टीभित्र उपाध्यक्ष बामदेव गौतम वा संसदीय दलको उपनेता सुवास नेम्वाङ कसैलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको बेला यस्तो निर्णय आएको हो । उम्मेदवारी नदिएपनि कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार पुष्पकमल दाहालको विपक्षमा एमालेले मतदान गर्नेछ ।

तीन बुँदे सहमतिपछि मधेसी मोर्चाको समर्थन दाहाललाई
पुष्पकमल दाहालले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको समर्थन पनि पाएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा नेता सर्वेन्द्रनाथ शुक्ल र सदभावना नेता लक्ष्मणलाल कर्णपनि दाहालको उम्मेदवारीको समर्थक बसेका छन् ।

सदभावना नेता कर्णले कांग्रेस र माओवादीसँग आफूहरुको मागका विषयमा तीन बुँदे सहमति भएका आधारमा दाहालको उम्मेदवारीलाई समर्थन गरेको तर सरकारमा भने नजाने बताएका छन् ।

यस्तो छ गठबन्धनसँगको ३ बुँदे सहमति
१)     अब बन्ने सरकारले मधेसी मोर्चाको आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई क्षतिपूर्ति लगायतका संघीय गठबन्धनका पूर्व शर्तालाई कार्यान्वयन गर्ने ।
२)     सरकारले मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदेको आधारमा राजनीतिक सहमति खोज्दै संविधान संशोधन प्रस्ताव संसदमा लैजाने ।
३ं)     मधेसी मोर्चा र गठबन्धनले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थन गर्ने ।

निर्वाचन कार्यक्रमअनुसार प्रधानमन्त्री पदका लागि बुधबार सदनमा हुने निर्वाचनमा उम्मेदवार बन्न चाहने सांसदले मंगलबार बिहान ११ देखि अपराहन ४ बजेभित्र उम्मेदवारी दर्ता गराउनुपर्ने छ ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan