शनिबार, १ मंसिर, २०७५ (Sat, 17 November, 2018)
भेटवार्ता
Aug 11, 2016
देशैभरी शाखा विस्तार गर्ने योजनामा छौ
बिहीवार, श्रावन २७, २०७३
नेपाली बजारमा आफ्नो छुट्टै ब्राण्डको रुपमा स्थापित कोसेली जुत्ता अहिले आम मानिसको रोजाईमा पर्न सफल भएको छ । काठमाडौ उपत्यकामा पाँच ठाँउमा आउटलेट राखी व्यवसाय गरेरहेको यस कम्पनीले निकट भविष्यमै अन्य पाँच ठाँउमा आउटलेट खोल्ने योजनाका साथ अगाडी बढिरहेको छ । सिल्बर जुब्ली मनाईरहेको यस कम्पनीको बारेमा कम्पनीका अध्यक्ष रविन कुमार श्रेष्ठसँग अखबार नेपाल डटकमका लागि नेपोलियन चेपाङसँग गरिएको कुराकानीको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

– कोसेली ब्राण्डको जुत्ताले बजारमा कत्तिको बजार लिएको छ ?
निश्चय रुपमा नेपालको बजारको हिसाबले हेर्ने हो भने हाम्रो बजार धेरै सानो छ । तथापी हामीले बर्षौदेखि विदेशमा उत्पादित समान प्रयोग गरिरहेको सन्दर्भमा हामीले आफ्नै देशमा केही गरांै भन्ने उद्देश्यका साथ यो उद्योग सञ्चालनमा ल्याएका थियौ । अहिले यो उद्योग २५ वर्षमा हिडिरहेको छ । अहिलेसम्मको बजारको अवस्था हेर्दा समग्रमा राम्रै देखिएको छ भनौ । उद्योग सञ्चालन सुरु गर्दा नै बजारको अध्ययन गरेकोले र नेपालीभूमिमै उत्पादन गरेको सामानले गर्दा आम नेपली उपभोक्ताले हामीलाई साथ दिनुभएको हो भन्ने लाग्छ । अर्को भनेको हामी सामानको गुणस्तरमा कुनै कसुर बाँकी नराखी स्वच्छ प्रतिस्पर्धाको हिसाबले अगाडि बडिरहेका छौ । यसैकारण पनि हामी नेपाली बजारमा सजिलै भिज्न सकिरहेको हो भन्ने लाग्छ । अहिलेको बजारबाट हामी सन्तुष्ट नै छौ ।

– कुन बर्गका ग्राहकले तपाईहरुको प्रोडक्ट मन पराएका छन् ?
हामीले अहिले बजारमा पठाएका प्रोडक्टहरु सबै वर्गका उपभोक्ताहरुले मन पराईदिनुभएको छ । तथापी हाम्रो प्रोडक्टलाई उच्च घरानाका उपभोत्ताहरु माझ पस्किनको लागि मैले स्यम्पलिङको काम अगाडी बढाईरहेको छु । हामीले निकट भविष्यमा नै लक्षित वर्गको रुची अनुसार मार्केटमा सामान पठाउने छौ । अहिले हामी यसैमा केन्द्रित भएर लागिरहेका छौ । छालाको जुत्ता विदेशी ब्राण्ड मात्रै खोज्ने वर्गलाई समेट्ने गरी छिट्टै हामीले त्यो खालको सामान निकासी गर्ने अन्तिम चरणमा तदारुकताका साथ काम भईरहेको छ ।

– तपाईहरुको आफ्नै शोरुम पनि छ होईन ?
हो हाम्रो आफ्नै शोरुम पनि रहेको छ । हामीले विभिन्न जुत्ता उत्पादक साथीहरुको कम्पनी मिलेर काठमाडौको जमलमा नेपाली जुत्ता घर सञ्चालनमा ल्याएका छौ । त्यो एक करोड २० लाख लगानीमा खोलिएको हो । त्यहाँ म्यानेजिङदेखि सम्पूर्ण कार्यमा छुट्टाछुट्टै व्यक्तिलाई हामीले राखेका छौ । यसमा शेयर होल्डरहरु मध्येबाट हरेक दुई वर्षमा अध्यक्ष चेन्ज हुने गरी व्यवस्था मिलाएका छौ । उपत्यकामा अहिले हामीले जमल, कुमारीपाटी, पुल्चोक, नारायणगोपाल चोक, बालाजु गरी ५ ठाउँमा आउटलेट राखेका छौ । यस्तै यसलाई देशैभरी अउटलेट विस्तार गर्ने गरी काम अगाडी पनि बढिरहेको छ ।

– विदेशमा पनि शाखा विस्तारको योजना छ की ?
हो हामीले कोसेली ब्राण्डको जुत्तालाई विदेशमा पनि निर्यातको योजना बनाईरहेका छौ । यसको लागि सम्भाव्यता अध्ययन गर्ने काम भईरहेको छ । निकट भविष्यमै जापानमा यस जुत्ताको शोरुम खोल्ने छौ ।

– तपाईहरुको कम्पनीमा अहिले कति जनाले रोजगारी पाईरहेका छन् ?
अहिले हामीले ९० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिईरहेका छौ । हामीले रोजगारी दिने मात्र होईन एकल महिला, दलित उत्पिडनमा परेका, पिछडिएका व्यक्तिलाई तालिम समेत दिएका छौ । तालिम सँगसँगै रोजगारीको ग्यारेन्टी गराई अहिले रोजगारी पनि उपलब्ध गराएका छौ । यसको मतलव हामी व्यवसाय मात्र नगरी समाज रुपान्तरणका लागि पनि केही कार्य गरिरहेका छौ भन्ने हो । हामीले जुत्ता बनाउने तालिम मात्र नदिई दैनिक रु १०० भत्ता पनि दिएर सिकाएका छौ । अरुले तालिम दिदा पैसा असुल्छन् हामीले त उल्टो दिएका छौ । त्यसरी तालिम गरेका सबैलाई हामीले रोजगारी पनि दिएका छौ । उनीहरु कोही पनि बेरोजगार हुनुपरेको छैन ।

– नेपाल सरकारबाट कस्तो सहयोग पाईरहनुभएको छ ?
नेपाल सरकारले राम्रै रेस्पोन्स गरिरहेको छ भनौ । हामीले नेपाल सरकारलाई राष्ट्रिय औद्योगिक व्यवसाय रणनीति लागु गराउनको निम्ति लागि परेका छौ । यसको मतलव जुत्ताको पनि ट्रेनिङ ईनस्टिच्युट खोल्ने प्रस्ताव गरेका हौ । त्यसमा नेपाल सरकार सकारात्मक नै छ । तर कुरो के हो भने सरकार परिवर्तन भईरहने हुनाले त्यसलाई ठोस रुपमा कार्यान्वयन गर्ने सवालमा अलि ढिलाई भैरहेको छ । अहिलेसम्म हामीले कुरा गर्दा नै तीन पटक मन्त्री चेन्ज भईसकेको छ । अब फेरी को आउने हो थाहा छैन । तर पनि हामीले हाम्रो अभियानलाई जारी नै राखेका छौ । अब व्युरोक्याट मार्फत काम गर्दा अगाडि बढ्न सजिलो होला भनेर त्यता पट्टी केन्द्रित भईरहेका छौ । आशा गरौ निकट भविष्यमा नै हामीले त्यो सफलता हात पाउँछौ होला ।

– कच्चा पदार्थ कहाँबाट आयात गर्नुहुन्छ ?
हामीले ३० प्रतिशत कच्चा पदार्थ नेपालबाटै पाईरहेका छौ । अरु त विदेशबाटै मगाउने हो । जबसम्म नेपालमा छाला बेगरको मासु खाईदैन तबसम्म जुत्ता बनाउनका निम्ति चाहिने कच्चा पदार्थ अन्य देशबाटै आयात गर्नुपर्ने हुन्छ । यसको लागि आम मानिसलाई सचेतना जगाउनुपर्ने पनि हुन्छ । नत्र यो समस्या निरन्तर रहिरहन्छ । जुत्ताको सोल भने हामीले पहिलेदेखि उत्पादन गरिरहेका छौ । त्यो चाही हामीले आफ्नो कम्पनीमा मात्र नभई अन्य कम्पनीलाई समेत निर्यात गरिरहेका छौ ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan