मंगलवार, ८ फागुन, २०७४ (Tue, 20 February, 2018)
विचार
Aug 21, 2016
जोयालाई खुला पत्र
आईतवार, भाद्र ५, २०७३
प्रिय जोया !
धेरै सम्झना साथै छोराहरुमा आशिर्वाद ।

हुन त म साईनोमा तिम्रो कोही लाग्दिन । तिमी र ममा देशको भिन्नता छ भाषाको भिन्नता छ, लवाई खवाईको भिन्नता छ । तर सबैभन्दा महत्वपूर्ण कुरा, हामीमा एउटा महान साईनो छ त्यो हो मानवीयता र नारीको साईनो।म जस्तै तिमी पनि नारी अनि कसैकी आमा कसैकी छोरी कसैकी चेली हौ । सबैभन्दा उच्च कुरो तिमी एक बहादुर आमा हौ ।

यहि कारण हो, जसले मलाई तिम्रा निम्ति दुई शब्द कोर्न बाध्य बनायो । यहि कारण हो तिम्रा हरेक पिडाहरुले मेरो मन छोयो ।

केही दिन अगाडि देखि सामाजिक संन्जालमा एउटा अपुस्ट खबर छापियो । कि एक फिलिपिनी महिला छोराछोरी लिएर रुँदै सडकमा अलपत्र परेकी छिन भनेर । बिस्तारै बिस्तारै दिन बित्दै जाँदा त्यो समचार भुसको आगो फैलिए सरि फैलिदै भाईरल भयो ।

तिमी तिम्रो देश फिलिपिन्सबाट दुबईमा ती नेपाली युवक जस्तै श्रम गर्न आएकी थियौ । अझ तिम्रो बारेमा लेखिएको थियो कि तिमी तीन चार बर्ष पहिले पैसा कमाउन गएको एक नेपाली युवकसँग प्रेममा परेउ, जो आफै कुलतमा फसेका थिए रे । तिमीले उसलाई सक्दो सहयोग ग¥यौ । यहाँसम्म कि तिमीले आफुले दिनरात नभनी जोडेको पैसाले तिम्रो प्रेमी भनाउँदो त्यो युवकलाई नेपाल ल्याउन सफल भएकि थियौ । ती युवकको प्रेममा परेकी तिमीलाई तिम्रो भनाई र समाचारमा आएका लिखित भनाई अनुसार त्यो प्रेमीले विभिन्न प्रताडना दिईरह्यो ।

कस्तो अनौठो लाग्ने हगि !

जसको प्रेममा परेर तिमिले आफ्नो देश छोड्यो, जिन्दगी नै धरासयी बनाएयौं उसैले तिमिलाई यतिका पिर ब्यथा आँसु र पीडा कसरी दिन सक्यो ? कि उ साच्चिकै मानव थियो ? या उसले तिमीलाई खेलौना ठान्यो ? कि तिमी बिदेशी केटी भएकोले जे जस्तो व्यबहार गरेपनि मिल्छ भन्ने सोच्यो उसले ? के यहि प्रेम थियो ? तिम्रो बलिदान र त्यागको बदलामा तिमीलाई उसले दिएको प्रेम यस्तै थियो ?

उफ्, आज यी शब्दहरु केलाउदा केलाउदै मेरो औंलाहरु कापेका छन् । मन आन्दोलित भएको छ । असहय पिडाको अनभुति भएको छ । किनकि तिम्रो प्रेम र त्यागलाई आज नाजायज प्रेमको एउटा स्वरुप बनाईएको छ । तिम्रो प्रेमको बलिदानलाई अबैधानिकताको ल्याप्छे लगाईएको छ । तिमीले बिताएका हरेक दिनहरुको हर्जाना तिराईएको छ । तिमीले पाएका पिडाहरुको तिरस्कारहरुको उल्टो तिम्रो देशले हर्जाना तिर्नु परेको छ र तिम्रो अस्मिता माथि दाग लगाईएको छ ।

यो कस्तो बिडम्बना हो यो कस्तो अन्याय हो ?

आजको अत्याधुनिक युगमा के सहि के गलत के अन्याय के न्याय सबैले छुट्याउन सक्ने भएका छौं जोया । हो तिमी बिदेसी केटी थियौ र तिम्रो पीडा पनि बिदेशीको पीडा जस्तो लाग्यो होला कसै कसैलाई । कसैलाई यि फिलिपिनीहरुलाई यस्तै व्यबहार गरिनु पर्छ किनकी यिनीहरु चरित्रहित हुन्छन । हो आमरुप मा यस्तै यस्तै मान्यता छ आम मान्छेहरुमा फिलिपिनी महिलाप्रति । तर म सत्य मान्दिन यस्ता आम गलत हल्लाहरुलाई ।

किनकी सबै फिलिपिनी केटीहरु चरित्रहिन हुँदैनन र कुनै पनि कुरा सबै नराम्रा र सबै नराम्रा हुँदै हुँदैनन । हरेक ठाउँमा हरेक देशमा हरेक समाजमा राम्रा कुराहरु सँगसँगै नराम्रा बिकृतिहरु नराम्रो परिवेशहरु हुन्छन् । अनि अर्को महत्वपूर्ण कुरो तिमीले जसलाई प्रेम ग¥यो, आफ्नो प्राणभन्दा बढी प्रेम ग¥यो । नत्र त्येही नेपालीसँग नै बिहे गर्नु र उसैको लागि आफ्नो जिन्दगी नै दाउमा किन लगाउने थियौ र ? यति ठुलो संसारमा तिमी जस्ती सुन्दर रुपवान केटीले अरु पनि केटाहरु भेट्न सक्थ्यौ ।

तर यो प्रेमको लिला नै अपरम्पार छ । यहि प्रेमको लागि ठुला ठुला युद्धहरु भएका छन् । कैयौं प्रेमीहरु यही प्रेममा डुबेर आफुलाई विलिन बनाएका छन । कतिले आफ्नो ज्यान दिए कतिले प्रेमकै नाममा अरुको ज्यान लिए ।

त्येसैले जोया, कसैलाई प्रेम गरेकै कारण तिमिले परदेशी भुमिमा पाउनु दुःख पायौ । भाषा बोलिचालि रहनशहन उठाईन बेग्लै भएको बिरानो ठाउँमा तिमीले आफ्नो कल्कलाउँदो जोवन सिंचाई गर्दै आफुलाई जीवनको सबैभन्दा महत्वपूर्ण कुरा आफुलाई आमा बनायौ । भनिन्छ, एक साधारण ब्यक्तिले जस्तातस्ता परिस्थितिहरुको सामना गर्न सक्दैनन् तर एउटी आमाले हरेक परीक्षा र परिस्थितिको सामना गर्न सक्छन् ।

यसैले त तिमीले यतिका दुःख पायौ । तिम्रा दुई छोराहरुलाई छोड्न सकेनौं, उनीहरुको बाबुले निभाउन नसकेको कर्तब्य तिमीले सहर्ष स्वीकार गर्दै आफ्ना दुई संन्तान लिएर हाँसीखुसी आफ्नो देश फर्कन सक्यो । साँच्चीकै भन्नुपर्दा तिमीले तिम्रो प्रेमीबाट कानुन रुपमा बैधानिकता पाउन सक्छौ र तिम्रा छोराहरुले बाबुको नाममा सम्पुर्ण अधिकार पाउन सक्छन् । त्यो उनीहरुको जन्मसिद्ध अधिकार हो । हो, हाम्रो कानुनले तिमीलाई र तिम्रा छोराहरुको जन्मसिद्ध अधिकार दिनै पर्छ । त्येसैले यसपालि तिमी गए पनि जुनैपनि दिन तिमी तिम्रो इच्छा भएको खण्डमा फर्केर आफ्नो गुमेको हक अधिकार प्राप्त गर्न सक्नेछौ । र तिमीलाई साथ दिने हामी जस्ता हजारौं नेपाली हुनेछौं ।

यो लेख तयारी गरिरहँदासम्म तिमी तिम्रो देश पुगिसकेकी छौ होला जोया, या तिमी यात्रा मै छौ कि त । तर तिम्रो पिडादायी कथाले हामी सम्पूर्ण नेपालीको मन पोलेको छ । छट्पटी भएको छ । किनकी देशले सिमाना छुट्याउछ, भाषा छुट्याउँछ तर मानावीय समवेदना र भावना छुट्याउन सक्दैन । किनकी मानवीय व्यबहार र मानवीय धर्मको कुनै सिमाना हुदैन जोया ।

त्येसैले तिमीलाई तिम्रो अवस्थाको लागि हामी सम्पुर्ण नेपालीको तर्फबाट माफी माग्न चाहन्छु । किनकी तिमीसँग जे–जे गलत कुराहरू बित्यो त्यो हाम्रो लागि समेत असह्य र गलत नै हो । कुनैपनि स्वाभिमानी नेपालीले आफ्नो देशमा आएका चाहे जुनै बिदेशी हुन चाहे जुनै सम्बन्ध जोडेर आएका हुन, तिनीहरु प्रति अन्याय र नराम्रो ब्यबहार गरेको सहदैनौं । अझ त्यसमाथि तिमी त बिदेशमा आपतमा परेको नेपालीलाई सहयोग गरेर हाम्रो देशमा भित्रिएकी थियौ ।

हो तिम्रै जस्तै पिडाले पिडित नारीहरु हाम्रा देशमा हजारौं छन् । तर ती स्वदेशी हुन । जसले आफ्नै देशमा घरेलु हिंसाको सिकार भएका छन् । हाम्रो नेपालीको पिडा तिमीलाई सुनाएर पनि के नै फाईदा छ र ? जे होस् तिमीले पनि मेरो देशको राम्रा र नराम्रा सबै पक्ष थाहा पाईसक्यौ । अब उप्रान्त तिमी सक्छौ नेपाल मै आएर आफ्नो अस्तित्व खोज सक्दैनौ आफ्नै देशमा केही गरेर सामाजिक काम गर भन्न चाहन्छु । त्यतीमै म आफूलाई धेरै भाग्यमानी ठान्दछु ।

उही सधै तिम्रो भलो चाहने

क्षितिज मगर
नवलपरासी ६ गैरी
हाल : सिंगापुर प्रोजेक्ट, नेपाली हाउस





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang