१४औं एकल कमेडी शो गर्दै गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै
‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ वरिष्ठ हाँस्य कलाकार गणेश इशारा राईको १४औं 'अल नेपाल एकल कमेडी शो-२०८१' बैशाख ६ गते बिहीबार काठमाडौंस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा महिला राष्ट्रिय टिमका सदस्य प्रिती राईलाई समाजसेवी वीरमाया राई (सोभोमा) स्मृति कोषबाट राईलाई २०८० को उत्कृष्ट खेलाडिको रुपमा नगद सहित सम्मान गरिने कलाकार राईले अखबार नेपालाई बताए । […]