शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
खेलकूद
Aug 23, 2016
नवौं एलए जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिसमा संरक्षक र मायांका च्याम्पियन
मंगलवार, भाद्र ७, २०७३
काठमाडौं : शुभताराका संरक्षकभूषण वज्राचार्य र द ब्रिटिस स्कुलकी मायांका राणा नवौं एलए जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा मंगलबार च्याम्पियन बनेका छन् ।

हातीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) को कोर्टमा भएको ब्वाइज फाइनलमा संरक्षकले सेन्ट जेभियर्सका प्रणव खनाललाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गरे । एलएका अभिनव आचार्य र नेपाल प्रहरी स्कुलका प्रमोद बुढाथोकी तेश्रो भए ।

गल्र्सको उपाधि भिडन्तमा मायांकाले ब्रिटिसकै एनी माथेमालाई ७–६ र ६–३ को सोझो सेटमा हराइन् । ब्रिटिसकी माहिका राणा र पेनउडकी इरा रावत संयुक्त रुपमा तेश्रो भए ।

सेन्ट जेभियर्सका अदित सुवेदीले फाइनलमा पेनउडका अकी जुवेन रावतलाई ६–१ र ६–० को सीधा सेटमा निराश पार्दै यु–१२ ब्वाइज सिंगल्स उपाधि जिते । प्रहरीका निश्चल अधिकारी र अक्षराका आदित्य सुवेदी तेश्रो भए ।

सो स्पर्धाको गल्र्समा एलएकी सलोनी तामाङले बाजी मारिन । फाइनलमा सलोनीले सेन्ट जेभियर्सकी ईशाश्री शाहलाई ६–१ र ६–२ ले पन्छाइन् । विद्यासंस्कारकी रायना शाह र एलएकी शुभाङ्गीलक्ष्मी शाह तेश्रो स्थानमा रहे । ईशाश्रीले मंगलबारै सेमिफाइनलमा एलएकी शुभाङ्गीलक्ष्मी शाहलाई ६–१ र ६–२ ले हराउदै सलोनीसँग फाइनल भेट पक्का गरेकी थिइन् ।

एलएकी शुभाङ्गी शाह यु–१० गल्र्स सिंगल्समा च्याम्पियन बनिन् । शुभाङ्गीले फाइनलमा काष्ठमण्डपकी अजा रेग्मीलाई ८–२ ले पाखा लगाइन् । सेन्ट मेरिजकी इभा अधिकारी र जोन डेवीकी आइशा डोल्कर गुरुङ तेश्रो बने ।

यु–१० ब्वाइज सिंगल्समा सेन्ट जेभियर्सका आरभसम्राट हाडा र पेनउडका अकी जुवेन रावत उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा आरभले प्रहरीका सरोज लामालाई ८–२ तथा अकीले अक्षराका आदित्य सुवेदीलाई ८–० ले पराजित गरे । प्रतियोगिताको अन्तिम दिन यु–१० ब्वाइज तथा यु–१४ ब्वाइज÷गल्र्स सिंगल्सको फाइनल हुनेछ ।






 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang