आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
देश
Aug 28, 2016
गायक स्व. गुरुङको अन्त्यष्टी आर्यघाटमा
आईतवार, भाद्र १२, २०७३
काठमाडौ : गत बिहिबार मृत्यु भएका लोक गायक खेमराज गुरुङको आज गुरुङ परम्परा अनुसार आर्यघाटमा अन्त्यष्टी गरिएको छ ।

बिहिबारै मृत्यु भए पनि उनका आमा तथा बहीनी नेपाल आई नपुगेका कारण आज मात्र उनको अन्त्यष्टी गरिएको हो । अन्त्यष्टी गर्नुपूर्व आजै विहान उनको पार्थिव शरिरलाई उनको गृह जिल्ला संखुवासभाको खाँदवारीमा आज विहान अन्तिम श्रद्धाञ्जलीको लागि हेलिकप्टरबाट लगिएको थियो ।

त्यहाँ स्थानीयवासी प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सेनाका गुल्मपति, प्रहरी नायव उपरिक्षक, शसस्त्र प्रहरीका निरिक्षक लगायतले अन्तिम श्रद्धान्जली अर्पण गरेपछि काठमाडौ स्थित प्रज्ञाप्रतिष्ठानमा उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

अन्तिम श्रद्धाञ्जलीमा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री राम कार्कीले नेपालको झण्डा ओढाई राष्ट्रिय सम्मान अर्पण गर्नुभएको थियो । त्यस्तै नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पार्टीका सचिव प्रदीप ज्ञवाली, योगेश भट्टराई, स्व. गुरुङका परिवारका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कलाकारहरु तथा उहाँका शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जलीसभापछि उनको शव यात्रा गरी आर्यघाटमा पु¥याईएको थियो । आर्यघाटमा नेकपा एमालेका कार्यबाहक अध्यक्ष वामदेव गौतमले पार्टीको झण्डा ओढाई सम्मान गर्नुभएको थियो भने नेपाली सेनाका सेनापति राजेन्द्र बहादुर क्षेत्रीले पनि श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।





 



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa