शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
खेलकूद
Aug 29, 2016
दोश्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिता मंगलबारदेखि हुने
सोमबार, भाद्र १३, २०७३
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा काठमाडौंबाट ४, ललिपतुर र भक्तपुरबाट ३–३ तथा काभ्रेबाट २ गरी जम्मा १२ टिमको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत मीनकुमार शर्माले जनाएका छन् ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुेश्वरस्थित राखेपको हातामा हुनेछ ।

त्यसैगरी राखेपको ५३ औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ । पहिलो दिन बुधबार महिला कर्मचारीको म्युजिकल चेयर तथा केन्द्रका साथै ७५ जिल्ला तथा पाँच विकास क्षेत्रको कार्यालयमा दीपावली हुनेछ ।

बिहीबार रक्तदान हुनेछ । अन्तिम दिन शुक्रबार सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने छ । त्यसै दिन २५ र २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई क्रमशः दीर्घ सेवा पदक र परिषद् सेवा पदकबाट विभूषित गरिने छ ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang