शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
खेलकूद
Aug 31, 2016
कीर्तिमानी रनसँगै इङ्ल्यान्ड विजयी
बुधबार, भाद्र १५, २०७३
काठमाडौं : एक दिवसिय क्रिकेटमा सर्वाधिक ४ सय ४४ रनको कीर्तिमान बनाउँदै इङ्ल्यान्डले पाकिस्तान विरुद्धको शृङ्खला जितेको छ । इङ्ल्यान्डको ट्रेण्ट ब्रिजमा गएराति सम्पन्न तेस्रो एक दिवसिय खेलमा घरेलु टोली इङ्ल्यान्ड १ सय ६९ रनले विजयी भयो ।

खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारीत ५० ओभरमा ३ विकेट गुमाएर ४ सय ४४ रन बनायो । एक दिवसिय क्रिकेटको इतिहासमा एकै ईनिङमा ४ सय ४४ रन बनेको यो पहिलो अवसर हो ।

यसअघि एक दिवसिय क्रिकेटको सर्वाधिक योगफल बनाउने क्रममा नेदरल्याण्ड्स विरुद्धको खेलमा श्रीलंकाले ९ विकेट गुमाएर ४ सय ४३ रन बनाएको थियो । मंगलबारको खेलपछि श्रीलंकाको उक्त कीर्तिमान तोडिएको छ । इङ्ल्यान्डलाई कीर्तिमानी योगफलमा पु¥याउन अलेक्स हेल्सले सर्वाधिक १ सय ७१ रन बनाए ।

यसैगरी जोस बट्लरले अविजित ९० रनको योगदान दिए । जवाफमा ४ सय ४५ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४३ औं ओभरमा अल आउट हुनुपुर्व २ सय ७५ रन मात्रै बनाउन सक्यो । जितसँगै इङ्ल्यान्डले ५ एक दिवसिय खेलको शृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको छ ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang