आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
समाचार
Aug 31, 2016
जापानले काठमाडौं-नौबिसे सुरुङमार्ग निर्माणका लागि सहयोग गर्ने
बुधबार, भाद्र १५, २०७३
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले बुधबार प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा प्रधानमन्त्री दाहालले जापानले गर्दै आएको सहयोगको सरहाना गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरेका थिए ।

प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले नेपाल संविधान जारी गरेसँगै मुलुक स्थिरता र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै विकास निर्माणमा सघाउन आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले काठमाडौं–नौबिसे सुरुङमार्ग निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसमा जापान सरकारको सहयोगको अपेक्षा गरेका थिए ।

जापानका राज्यमन्त्री नोबु किसाइले नेपालले संविधान घोषणा गरेकोमा बधाइ ज्ञापन गर्दै संविधान कार्यान्वयन, शान्तिप्रक्रिया, पुनःनिर्माण र सम्बृद्धिका लागि प्रधानमन्त्रीले अघि बढाएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने बताए ।

राज्यमन्त्री किसाइले काठमाडौं–नौबिसे सुरुङमार्ग निर्माणका लागि सहयोग गर्न प्रधानमन्त्रीले राखेको प्रस्तावप्रति समर्थन गर्दै जापानको तर्फबाट १८ अर्ब बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराएका थिए ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औं वार्षिकोत्सवका अवसरमा यही भदौ १६ गते राजधानीमा आयोजना हुने विशेष समारोहमा भाग लिन उनी नेपाल आएका हुन् । नेपाल सरकार र यहाँस्थित जापानी राजदूतावासले संयुक्तरूपमा आयोजना गर्ने उक्त समारोहलाई प्रधानमन्त्री दाहाल र राज्यमन्त्री किसाइले सम्बोधन गर्ने कार्यक्रम छ ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa