सोमबार, २ पौष, २०७५ (Mon, 17 December, 2018)
समाचार
Sep 01, 2016
मन्त्रिपरिषदको बैठकले उपाध्याय र पौडेल भारत र चीनका लागि राजदूत सिफारिस
बिहीवार, भाद्र १६, २०७३
काठमाडौं : सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि पूर्वमुख्यसचिव लिलामणि पौडेललाई राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले भारत र चीनमा राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

अघिल्लो सरकारले ‘कुटनीतिक मर्यादाविपरीत राष्ट्रको अहित हुने गरी काम गरेको’ भन्दै उपाध्यायलाई भारतबाट फिर्ता बोलाएको थियो । तत्कालीन राजदूत महेश मास्केको कार्यकाल सकिएपछि चीनमा नेपाली राजदूत नियुक्त हुन सकेको थिएन ।

यस्तै, मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. ऋषि अधिकारी, आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेल र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा राष्ट्र बैंकका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan