मंगलवार, ३० असोज, २०७५ (Tue, 16 October, 2018)
समाचार
Sep 06, 2016
संविधान संशोधन अहिले आवश्यक छैन : डा. महत
मंगलवार, भाद्र २१, २०७३
काठमाडौं : पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले तत्काल संविधान संशोधनको आवश्यक्ता नरहेको बताएका छन् । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै संविधान संशोधन गर्नुपर्ने भएमा पहिला सबै राजनीतिक दलहरूसँग सहमति गर्नुपर्ने बताए । ‘संविधान सहमतिमा संशोधन गर्नुपर्छ’, उनले भने, ‘गृहकार्य गर्नुपर्छ । तर अहिलेसम्म सहमतिका लागि प्रयास भएको मैले पाएको छैन ।’

डा. महतको यो अभिव्यक्तिले मधेसी मोर्चाको मागलाई ठेस पुग्नेछ । कांग्रेस र माओवादी केन्द्रले सरकार गठनका बेला मधेसी मोर्चासँग संविधान संशोधन गरेर माग पूरा गर्ने तीन बुँदे लिखित सहमति गरेका थिए ।

संविधानका नाममा कसैले पनि जनतालाई अलमल्याएर बस्न नहुने डा. महातले बताए । ‘संविधान आवश्यक्ता पर्दा संशोधन गर्नुपर्छ । तर अहिले नै संशोधन केका लागि ? संविधान संशोधनको औचित्य पुष्टि गर्नुपर्छ ।’ डा. महतले भने ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको बजेटमा पुरक बजेट ल्याउनु पर्ने आवश्यक्ता आफूले नदेखेको कांग्रेस नेता डा.महतको भनाइ छ । ‘पूरक बजेट ल्याउने अवस्था मैले देखेको छैन’, उनले भने, ‘ओली सरकारले ल्याएको बजेट ठीक छ । पूरक बजेट ल्याउने विषयमा छलफल भएको छैन । मलाई त्यस विषयमा थाहा छैन ।’

नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचनको पक्षमा रहेको डा.महतले भने, ‘अहिलेकै स्थानीय निकायको संरचनाभित्र रहेर जाने हो भने निर्वाचन गर्न सकिन्छ । अन्यथा गाह्रो हुन्छ ।’ उनले स्थानीय निकायको पछि पुनर्संरचना गर्ने गरी चुनाव गर्न प्रस्ताव गरेका छन् ।




 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan