शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
भेटवार्ता
Sep 07, 2016
सुबिसु क्यान कमटेकमा नयाँ प्रविधिबारे जानकारी गराउनु हाम्रो उद्देश्य हो
बुधबार, भाद्र २२, २०७३
विनोद ढकाल
अध्यक्ष क्यान महासंघ

– सुबिसु क्यान कमटेकको आयोजना के का लागि गर्नुुभएको हो ?

यो नयाँ सूचना, प्रविधिको विषयमा आम उपभोक्ताहरुलाई जानकारी गराउने एउटा सर्वोत्तम माध्यम हामीले ठानेकाले यसको आयोजना गरेका हौ । क्यान महासंघको आयोजनामा भईरहेको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मा सबै आगन्तुकहरुले नेपालमा भित्रिएका विभिन्न प्रविधिको षियमा एकै छानामुनी एकैपटक जानकारी गराउने हाम्रो लक्ष्य रहेको छ । यसै अनुसार हामीले यो कार्यक्रमको आयोजना गरेका हौ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्र्तक्रिया गर्ने तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ हामीले यो कार्यक्रम गरिरहेका छौ ।

– भनेपछि यो व्यापारिक नभई जानकारीमूलक प्रदर्शनी मात्र हो त ?

हो भन्दा फरक पर्दैन । किन भने यस प्रदर्शनीमा हामीले विशुद्ध जानकारीमूलक प्रदर्शनी मात्र राखेका छौ । हामीले यस प्रदर्शनीमा सुचना तथा संचार प्रविधिमा पछिल्लो समयमा भएका विकास तथा सेवाहरुमा सर्वसाधारणको पहुच तथा जनचेतना अभिवृद्धि गर्ने विभिन्न किसिमका कार्यक्रम तथा सामाग्रीहरु प्रदर्शनीमा उपलब्ध रहनेछन् । प्रदर्शनीको आकर्षणको रुपमा सुचना तथा सञ्चार प्रविधिमा आधारित Electronic Security तथा Safety and Solution  का अत्याधुनिक उपकरण तथा सेवा उपलब्ध रहेका छन् जसका लागि छुट्टै Pavilion  को व्यवस्था रहेको छ । यस Pavilion  लाई ASPA Nepal सस्थाले व्यवस्थापन गरिरहेको छ, जसबाट अवलोकनकर्ता र सहभागी कम्पनीहरुले सहजता महशुस गरिरहेकोमा आशावादी छौ । उक्त Pavilion मा अवलोकनकर्ताहरुले Electronic Security तथा Safety and Solution का उपकरणहरु जस्तै CCTV, Access Control System, Sensor and Alarm, Staff Attendance, Fire and Smoke Detector, Fire Fighter  आदिका विषयमा जानकारी लिईराख्नुभएको छ । यस्तै सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणीकरण नियन्त्रकको कार्यलय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, ईन्टरनेट सेवा प्रदायक संघ जस्ता राष्ट्रिय तथा ASOCIO र WITSA जस्ता अन्तराष्ट्रिय संस्थाहरुले पनि यो प्रदर्शनीमा आवश्यक सहयोग पु¥याउनुहुनेछ ।

– यो प्रदर्शनीमा क–कसको सहभागिता रहेका छन् ?


क्यान कमटेकको यस संस्करमा सुबिसु केबलनेट प्रा.लि.ले शिर्ष प्रायोजन गरेको तथा एशोसिएट स्पोन्सर सामसुङले प्रायोजन गरेको हुनाले यो संस्करणमा उनीहरुको सहभागिता रहने नै भयो । त्यस्तै प्लाटिनम स्पोन्सर–वेभसर्फर, डायमण्ड स्पोन्सर–नेपाल टेलिकम, गोल्ड स्पोन्सर–जेट टि ई स्मार्ट फोन, सिल्भर स्पोन्सरहरु–नेटिस, र स्टार अफिस ईन्टरनेशनल छन् भने प्रिन्ट स्पोन्सरमा–स्प्यारो एस.एम.एस.को पनि सहभागिता रहेको छ । यस्तै अफिसियलहरुमा बैंक–सनराइज बैंक लिमिटेड, ईन्स्योरेन्स–प्रुडेन्सियल ईन्स्योरेन्स, आई.एस.पी.– सुबिसु, एफ.एम.–नेपाल एफ. एम., अनलाईन टिकेटिङ्ग–एफ वान सफ्ट ईन्टरनेशनल, अनलाईन पेमेन्ट–ई–सेवा, नेपाली आईटी म्यागेजिन–लिभिङ्ग वीथ आई.सी.टी., वेव न्युज– हाम्राकुरा डटकम, र एस.एम.एस.मा–जानकी टेक्नोलोजी, सि.सि.टि.भि ASPA Nepal र क्रियटिभ– विटी प्रिन्टिङ्गस् रहने छन् । यो प्रदर्शनीमा साना ठूला गरी ८७, ओपन स्पेसहरु ८ र फुुड स्टलहरु ५ गरी जम्मा १०० वटा स्टलहरु रहने छन् । प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस, Electronic Security तथा Safety and Solution, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहेका छन्् ।

– अन्य आर्कषण विषयहरु के के होलान त ?

शिर्ष प्रायोजक सुबिसु केवलनेट प्रा. लि. ले “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” मार्फत ग्राहकहरुका लागि किल्यर टिभि तथा ईन्टरनेट सेवामा विषेश र आकर्षक योजना ल्याएको छ । हाल सुबिसुको किल्यर टिभि सेवामा विभिन्न विधाहरु जस्तै Sports, Movies, Entertainment र  Adventure & Lifestyle मा ३०ं+HD र १००ं+Digital Channel उपलब्ध छन् । साथै मेलामा सुबिसुले प्रदान गर्ने विभिन्न सेवाहरुका बारेमा अधिकतम जानकारी गराईनेछ । यस्तै “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” का एशोसिएट स्पोन्सर सामसुङले नेपालका लागि special feature Turbo speed technology, S-bike mode, ultra data saving mode, ultra power saving mode भएको J-Series  का फोनहरु प्रर्दशन गर्ने छ । मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले नेपालमा पहिलो पटक सामसुङको नयाँ flagship phone Note 7 अनुभव गर्न सक्नुहुने छ साथै सामसुङको Virtual Reality Device (Gear VR)  को रोचक अनुभब समेत लिन सक्नुहुने छ । यसै गरी प्लाटिनम स्पोन्सर वेभसर्फरले वायरलेश इन्टरनेटको सुविधा दिइरहेको उपत्यका र उपत्यकाका नजिकका शहरहरुमा स्काइ केबल टिभी, मेघा केवल, नार्गाजुन केबल, चन्द्रागिरी डिजिटल केबल लगायतका विभिन्न केबल टिभीहरुसँग सहकार्य गरेर सस्तो, सुलभ तथा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा यसै प्रदर्शनी मार्फत ग्राहकहरु माझ पस्केको छ । EOC प्रविधी मार्फत दिइने यो सेवालाई कम्पनीले टिभीनेटको नाम दिएको छ । कम्पनीले उपलब्ध गराउने ब्रोडब्यान्ड राउटरबाटै ग्राहकले सस्तो मुल्यमा इन्टरनेट, टि.भी को साथै भविष्यमा इन्टरनेट फोनको समेत सुविधा पाउनेछन् । साथै यसै मेला मार्फत सार्वजनिक गरिएको टिभीनेट सेवाको ग्राहक बन्दा निःशुल्क जडान, निःशुल्क राउटरको साथै अरु थुप्रै आर्कषक छुट एवं अफरहरु प्रदान गरिरहेको छ यो पनि अर्को आकर्षणको रुपमा रहेको छ । यसै गरी डायमण्ड स्पोन्सर नेपाल टेलिकमले रु. ५०/- मा रु. ५०/- कै ब्यालेस् भएको जि. एस. एम. प्रिपेड सिम कार्ड पनि उपलब्ध गराउने र सो कार्य नेपाल टेलिकमको आधिकारिक बिक्रेता जानकि टेक्नोलोजीले गरिरहेको छ ।



– अरु पनि केही छ की ?
यो प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा High Speed Internet  उपलब्ध गराईरहेको छ भने टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर दिएको छ । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध छ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध रहेको छ । Smart Technology को प्रबद्र्धनमा जोड दिनुको साथसाथै नेपाल सरकारले देशको प्रमुख शहरहरुमा अनिवार्य रुपमा Digital TV Transmission प्रणालीलाई लानु पर्ने लक्ष्य लिए अनुरुप सो सम्बन्धि जानकारी समेत उपलब्ध गराईने छ ।

– सरकारी तवरबाट के सहयोग मिलिरहेको छ ?

अहिले नेपाल सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि परिषद गठन गरेको छ । त्यो सूचना तथा सञ्चार क्षेत्रलाई अगाडी बढाउने उद्देश्यले नै यो अवधारणा सरकारले ल्याएको हो । अहिले स्मार्ट सहरको अवधारणा आईरहेको छ । स्मार्ट सिटीको अवधारणालाई कसरी अगाडी बढाउने भन्ने विषयमा यसको बारेमा अध्ययन गर्नको लागि मेरै संयोजकत्वमा एउटा समिति बनेको छ । हामीले यस विषयमा उउटा प्रतिवेदन पेश गर्नुपर्ने भएको छ । यसको लागि हामीले सहरी विकास मन्त्रालयसँग मिलेर काम गरिरहेका छौ । यसर्थ सरकार पनि नयाँ प्रविधिको विषयमा चासोको साथ हेरिरहेको छ जस्तो लाग्छ । तर कुरो के हो भने सरकारले यस विषयलाई मुख्य प्राथमिकता भने दिएको मैले देखेको छैन । यसको लागि पहिलो खुड्किलोको रुपमा यो कार्यलाई लिन सकिन्छ ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang