बुधबार, ४ पौष, २०७५ (Wed, 19 December, 2018)
देश
Sep 08, 2016
३४ तोला अवैध सुनसहित भारतीय नागरिक पक्राउ
बिहीवार, भाद्र २३, २०७३
भैरहवा : रुपन्देहीको सीमानाका बेलहियामा (भैरहवा) सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म (डण्डा) ले अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेश राज्य महाराजगञ्ज जिल्ला करमहवाबुजुर्ग १ का ४१ बर्षीय उपेन्द्र मिश्र रहेका छन् ।

सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद ढकालको कमाण्डमा सीमानामा खटिएको टोलीले मिश्रलाई अवैध सुनसहित पक्राउ गरेको हो । भारतबाट अवैध रुपमा लुकाइछिपाई करिब ३४ तोला सुन नेपालमा भित्र्याउँदै गरेको अवस्थामा मिश्रलाई सीमानाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर खनालले बताए ।

पक्राउ परेका मिश्रले आफुले उक्त सुन भैरहवामा अपरिचित व्यक्तिलाई दिनका लागि भारतबाट अवैध रुपमा ल्याएको प्रराम्भिक बयान दिएको डिएसपी खनालले बताए । उनले भने, ‘मिश्रले उक्त सुन लिएर भैरहवामा पुगेपछि उनलाई कुनै व्यक्तिले फोन गर्ने र सोही व्यक्तिको फोनको आधारमा उनले सुन दिने सहमति भएको प्रराम्भिक अनुसान्धान खुलेको छ ।’

उनका अनुसार बरामद सुन २० लाख रुपैयाँ भन्दा बढी मुल्य बराबरको रहेको छ । र, बरामद सुन २० गोटा कंगन (बाला) आकारमा छ । बरामद सुन र पक्राउ गरिएको व्यक्तिलाई भन्सार ऐन २०६४ को दफा ५७ बमोजिम चोरी निकासीरपैठारी अभियोगमा आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको डिएसपी खनालले जानकारी दिए ।






 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan