आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
देश
Sep 11, 2016
उपचारको लागि पैसा नभएर जन्मभरि अपांग भएर बस्न बाध्य
आईतवार, भाद्र २६, २०७३
लक्ष्मीराज पाध्याय/बाजुरा : गोत्री गाविस १ कोडवतीकी सविना अति विपन्न परिवार भएकाले उनलाई वैसाखी किन्न पैसा पाएकी छैनन् । सविना विष्ट उपचार नपाउँदा जन्मैदेखि घरमै बन्दी अवस्थामा रहेकी छिन् ।

चरम गरीवीका कारण परिवारले उपचार गर्न नसक्दा सविना बिष्टलाई घरमै राख्दै आएका छन् । हिड्ने दुवै खुट्टा अपाङग भएका कारण हिडडुल गर्न सक्दैन बसेर गर्ने काम केही छैन । घरबाट टाढा गएर केही सिपमुलक तालिम सिकेर केही गरौ भने पनि पैसाको जोहो गर्न सकिदैन १८ वर्षीय सविनाले बताइन ।

दुई खुट्टा बाहेक अरु सबै अंगहरु चलायमान छन् उनी हाल १२ कक्षामा पढिरहेकी छिन् । उनी भन्छिन म साथीहरुको सहयोगमा १२ कक्षासम्म पढ्न पाएँ । अब मेरो कुनै भबिष्य छैन भनेर आफ्नै कर्मलाई धिकार्दै रुन्छिन । उनका बाबु उनी ४ कक्षामा पढने बेला बितिसकेका छन् ।

सविनाकी ६० बर्षीय आमा भन्छिन जेठो छोरा गाउँमै कृषकको रुपमा काम गर्छन, छोरी अपाङ्ग भई श्रीमान छोरी सानै हँुदा बिते उपचार गर्ने पैसा पनि भएन उनले रुदै भनिन् । ति किशोरी मानसिक रुपमा राम्रै रहे पनि शारीरिक समस्याले गर्दा परिवारका अरु सदस्यलाई पनि तनाव बनाई दिएकी छन् । के गर्ने गरीबले उपचारै नपाएर मर्नु पर्दोरहेछ । साँझ विहानको छाक कसरी टार्ने भन्ने समस्याले पिरोलिरहेको बेला छोरीको सुविधा सम्पन्न अस्पतालमा लिएर उपचार गर्ने त सपना मात्र भयो उनले मलिन स्वरमा भनिन ।

‘बैसाखी दिने संघ संस्था सबै कहाँ धाएँ । कसैले दिएनन्’ उनले भनिन्, ‘किन्नलाई पनि यहाँ पाउँदो रहेनछ । बैसाखी, नपाउँदा सबिना जस्ता अति विपन्न समुदायका अपांगता भएकाहरू मर्कामा परेका छन् । ‘पैसा जुटाएर उपकरण किन्न नसक्ने मर्कामा परेका छन’ उनले भनिन् ।

गरिवीका कारण महंगो अस्पतालमा गएर उपचार गर्न नसकेका कारण जन्मभरि सविना ब्यसाहारा बनेर बस्ने भएकी छन् । उसो त जिल्लामा अपाङ्ग महासंघ राजनीति गर्ने थलो बनेको र ब्यसाहारा र गरिव अपांगलाई भने समस्या जिउको तिउ रहेको छ नागरिक समाजका अर्जुन शाहले बताए ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa