शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
मनोरञ्जन वार्ता
Sep 14, 2016
प्रेम प्रस्ताव आए पनि मैले त्यसलाई स्वीकार गरेकी छैन
बुधबार, भाद्र २९, २०७३
पुख्र्यौली घर हेटौडामा भए पनि अहिले ललितपुरमा बसोबास गर्दै आइरहेकी र मोडलिङमा आफ्नो भविष्य खोजिरहेकी छिन नम्रता पौडेल । मोडलिङ क्षेत्रमा लागेको एक वर्ष मात्र भएको बताउने उनी यस क्षेत्रमा जमेर लाग्ने सोच बनाएकी छिन् । प्लस टुको अध्ययन पुरा गरेकी उनले यो अवधिमा चार वटा म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । उनै पौडेलसँग गरिएको सम्पादित अंश यहाँ प्रंस्तुत गरिएको छ ।

– अहिले के मा ब्यस्त हुनुहुन्छ ?
गायक सविन लिम्वुको ‘झुटो कसम’ बोलको गीतको म्युजिक भिडियो सकेपछि अहिले फुर्सदमा रहेकी छु । अहिले खासै काम नभएको अवस्था भनौ न । तर अहिले पार्लरको काम भने सिकिरहेकी छु ।

– अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा काम गर्नुभयो ?
अहिलेसम्म मैले चार ओटा म्युजिक भिडियोमा काम गरेकी छु । पहिलो ब्रेक विक्रम थापाको ‘माया सँगै’ बोलको गीतबाट गरेकी थिएँ । त्यसपछि लगातार अन्य म्युजिक भिडियोमा काम गरेकी हुँ ।

– मोडलिङ पेशामा आउनको लागि परिवारबाट रोकतोक भएन ?
अहँ, मैले त्यस्तो फिल गरेकी छैन । मेरो फेमिली यो पेशालाई बुझ्ने हुनुहुन्छ । त्यसैले ममी, ड्याडी र दिदी भाईबाट राम्रो सपोर्ट पाएकी छु ।

– यो पेशामा आउनको लागि त अभिनय कला सिक्नुपर्ला नि होईन ?
हो सिक्नुपर्छ । मैले पनि केही समय सिकेकी छु । अभिनय गर्नको लागि तालिम लिनु आवश्यक चिज हो नि ।

– तपाई प्रेममा पर्नुभएको छ की छैन ?
छैन, प्रेम प्रस्ताव आए पनि मैले त्यसलाई स्वीकार गरेकी छैन । पहिला करियर बनाउनुप¥यो नि ।

– तपाईलाई मन पर्ने नायक नायिका को–को हुन ?
मलाई स्व. श्रीकृष्ण श्रेष्ठको अभिनय साह्रै मनपर्छ । त्यस्तै नायिकामा निरुता सिंह मन पर्छ ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang