बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
मनोरञ्जन
Sep 27, 2016
चलचित्र 'यारी'को पहिलो प्रदर्शन भव्य
मंगलवार, असोज ११, २०७३
काठमाडौं : चलचित्र विकास वोर्डको हलमा गत शनिबार प्रथम प्रदर्शन गरिएको चलचित्र ‘यारी’को भव्य प्रदर्शन भएको छ ।

किरात राई चलचित्रकर्मी संघको कार्यालय बनाउनको आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ संघबाट गरिएको प्रदर्शनको चारै सो फुल भएको हो । प्राचीन सभ्यतालाई आधुनिकताले गाजेको विषयवस्तुमा प्रस्तुत गरिएको चलचित्र धेरै राम्रो चलचित्र बनेको दर्शकहरू प्रतिक्रिया पाएको चलचित्रका लगानीकर्ता तथा कलाकार प्रविणा पुमा राईले बताए ।

चलचित्रमा श्याम राई, कल्याण राई, प्रवीण पुमा, दछु राई, ज्योति राई, निर्भिक राई, विष्मिता राई, सञ्जु राई, जाइका राई, प्रवीण राई, जनक राई, बीरकुमार राई लगायतका कलकारहरूले अभिनय रहेको छ ।

चलचित्र उर्मिला राई, दछु राई र प्रवीण राईले संयुक्त लगानीमा सिलिचुङ प्रा.लि.को व्यानरबाट तयार भएको हो । चलचित्रमा भोजपुर जिल्लाको दोभाने, खाटाम्मा, कुदाककाउले गाविस लगायतका ठाउँका विभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रहरुको सुन्दर दृश्यहरूको देखाएको छ ।

त्यस्तै युवराज राईले कथा, निर्देशन र छायांकन गरेका छन् । जनक राईको नृत्य निर्देशन, डक्टर किरात र पदम राईको संगीत, भुपाल राई र चन्द्र रानोहँछाको शब्द रहेको छ भने चलचित्रमा प्रवीण पुमाको पटकथा एवम क्रिएटिभ राइटिङ, डिक वान्तावाको संवाद र किरणराज थापाको सम्पादन रहेको छ ।





 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa