आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
मनोरञ्जन
Sep 27, 2016
'राई इज किङ'को 'दर्शन नमस्ते-३' सार्वजनिक
मंगलवार, असोज ११, २०७३
काठमाडौं : ‘राई इज किङ’ को उपाधी पाएका नेपाली गायन क्षेत्रका लोकप्रिय गायक राजेश पायल राईको एल्बम ‘दर्शन नमस्ते–३’को एल्बम सार्वजनिक गरेसँगै १५ लाखमा बिक्री भएको छ ।

राजधानीमा सोमबार आयोजना गरिएको कार्यक्रममा गायक राईका माता पिताले सार्वजनिक गरेको एल्बम विन्धवासिनी म्युजिकले १५ लाख रुपैयाँमा किनेको हो । विन्धवासिनी म्यूजिकले कार्यक्रममा गायक राईलाई चेक हस्तान्तरण गरेको थियो ।

गायक राईले चलचित्र, आधुनिक, पप, भोजपुरी, हिन्दी लगायतका विभिन्न भाषामा गीत गाइसकेको छन् । नेपाली संगीतलाई विश्व बजारमा पु¥याईरहेको विश्वका अधिकांश देशमा सांकृतिक कार्यक्रम पनि गरिसकेका छन् । उनी नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक र पप गीतमा समेत सफल मानिन्छ ।

लोकार्पित ‘दर्शन नमस्ते–३’ मा जम्मा ९ वटा गीत समावेश छन् । जसमा दर्शन नमस्ते, कुल्ची हिड, आई लभ यु, छैनौ त, आयो समिपै, कोही विना, लाटो रिस, कान्छाले र बाबै आराखा बोलका गीत छन् । एल्बममा महेश खड्का, हरि लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नवीन र इन्दिरा जोशीको संगीत रहेको छ भने, शब्दरचना महेश खड्का, रत्नशम्शेर थापा, डा. नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई र विनोद खम्बुको रहेको छ ।

त्यस्तै उनको कुल्ची हिड बोल गीतमा अभिनेता राजेश हमालले फिचरिङ दिएका छन् । यो गीत रत्नशम्शेरले २०१६ सालमै लखेको हुन् । कार्यक्रममा बोल्दै गीतकार रत्नशम्शेरले भने, ‘यो मैले २०१६ सालतिरै लेखेको मुक्तक हो ।’ लोकार्पित एल्बम ‘दर्शन नमस्ते–३’बारे गीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषलगायतले चर्चा गरेका थिए ।

उनले कार्यक्रममा ‘दर्शन नमस्ते, कुल्ची हिँड, आयौ समिपै’ बोलको तीन वटा गीत गाएर पनि सुनाएका थिए । कार्यक्रममा गायक राईले ‘दर्शन नमस्ते–३’ का केही गीतको डिसेम्बर पहिलो साताबाट भिडियो निर्माण थाल्ने बताए । कार्यक्रमका लागि अमेरिका जानु परेकाले एल्बमसँग भिडियो लञ्च गर्न नपाएको उनले बताए । राजेशपायल केही दिनपछि नै अमेरिका सांगीतिक कार्यक्रमका लागि जाँदैछन् ।







 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan