शनिबार, १ मंसिर, २०७५ (Sat, 17 November, 2018)
मनोरञ्जन वार्ता
Nov 27, 2016
स्तरीय गीत संगीत ल्याउनेछु : गायक विश्वराम कार्की
आईतवार, मंसिर १२, २०७३
– अहिले के मा व्यस्त हुनुहुन्छ ?
म अहिले भर्खरै मात्र राष्ट्रिय गीत रिलिज गरेको छु । यो नेपाल भन्ने राष्ट्रिय गीत अनि पहिलो एल्वम ‘आफैमा’को सफलतापछि दोस्रो एल्वमको तयारीमा छु । यो भन्दा अगाडीको गीत ‘एक्स्ट्रा पारामा’ बोलको गीत र म्युजिक भिडियो बजारमा अहिले धेरै राम्रो भएको छ ।

– तपाईको जन्मस्थान कहाँ हो ? संगीतमा कसरी प्रवेश गर्नुभयो ?
मेरो जन्मस्थान काभ्रे जिल्लाको बनेपा हो । मेरो सानैदेखि रुचीको विषय हो संगीत, त्यसैले यो क्षेत्रमा आएँ ।

– तपाईलाई कस्तो खालको गीत मन पर्छ ?
मलाई प्राय सबै प्रकारको गीत संगीत मनपर्छ । मलाई यसै भन्ने छैन । मेलोडी, पप, लोक अनि डान्सिङ गीत साह्रै मनपर्छ ।

– तपाईको विचारमा संगीत के हो ?
संगीत जीवन हो, संगीत दुःख सुखको साथी हो । संगीत अनुशासनमा बाँध्ने एउटा उत्तम औषधि हो पनि रुचाउँछु म ।

– तपाईको बिचारमा गीत संगीतमा लागेर बाँच्न सकिन्छ त ?
मेरो बिचारमा बाँच्ने भन्दा पनि कसरी राम्रो गीत दिन सकिन्छ भन्ने हो । अहिलेसम्ममा गीत संगीत अलावा मेरो बाँच्ने आधार भनेको अरु सेक्टर भएकोले गीत संगीतमा टिक्न सहज भएको छ मेरो लागि । तर अरुको बारेमा म भन्न सक्दिन ।

– तपाई आफूलाई कस्तो स्वभावको भन्न रुचाउनुहुन्छ ?
म आफूलाई निडर, स्वविश्वास गर्ने खालको मान्छे भन्न रुचाउँछु । म जस्तोसुकै चुनौतिलाई पनि सामना गर्न सक्छु भन्ने आत्मविश्वास छ । म सबैसँग घुलमिल हुन सक्ने खालको स्वभाव छ ।

– जीवन र प्रेम के जस्तो लाग्छ ?
जीवन संघर्ष हो । अझै धेरै गर्न बाँकी । प्रेम त्यस्तो चिज हो जुन आफूलाई भन्दा बढी माया गर्ने अपारदर्शी चिज हो जस्तो लाग्छ ।

– अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मेरो गीत संगीतहरु माया गरि दिनुस तपाईहरुको माया नै मेरो विश्वास हो । मैले तपाईहरुमाझ अझ स्तरीय गीत संगीत ल्याउनेछु भन्न चाहन्छु ।

प्रस्तुती : महेश कुमार सुनुवार


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan