शनिबार, १२ जेष्ठ, २०७५ (Sat, 26 May, 2018)
मनोरञ्जन वार्ता
Nov 29, 2016
'गायकगायिका खोज्न बाहिर जानुपर्दैन'
मंगलवार, मंसिर १४, २०७३
‘दिन ढल्यो अँधेरी रातमा, यो मन जल्यो निष्ठुरीको यादमा’ बोलको गीतबाट सांगीतिक दम्पती गणेश पराजुली र यशोदा पराजुलीलाई सम्झिरहन्छन् श्रोता/दर्शक । यति मात्र होइन, ‘सुन माया जाँदै छु म टाढा’, ‘तिमीलाई अपनाऊँ भनेर’, ‘आज फेरि तिम्रो’लगायत थुप्रै चर्चित गीतका यो जोडी हङकङमा बस्दै आएको छ । इलामबाट सांगीतिक यात्रा थालेका गणेशले यशोदासँगको सहयात्रामा ‘गाउँको माया’ २०५६, ‘सहयात्रा’ २०६२ र ‘फुर्सदमा’ २०६८ गरी तीनवटा एल्बम निकालिसकेका छन् । डेढ सयजति गीतमा स्वर तथा संगीत दिएका गणेश पराजुलीसँग काठमाडौंमा अखबार नेपाल डटकमसँग गरेको कुराकानीः

–तपाईंहरू (गायिका यशोदा पराजुली) लामो समयदेखि हङकङमा बस्दै आउनुभएको छ । हङकङमा अल्झाउने त्यस्तो के छ ?
हङकङमा धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्छ । उहाँहरूसँगको सांगीतिक सामीप्य, थोरै रोजीरोटी, आफ्नो देशबाट नजिक पनि– यही कारण हङकङ बसाइ भइरहेको छ ।

–हङकङमा पनि गाएरै बस्न सक्ने अवस्था रहेछ होइन त ?
हो । हङकङमा सांगीतिक कार्यक्रम धेरै भइरहन्छन् । त्यसका साथै फुर्सदमा अरू काम पनि गर्दा राम्रै उपलब्धि हुन्छ ।

–नेपाल छाड्नै पर्ने कारण के थियो ? यहाँ संगीत क्षेत्रमा भविष्य नदेखेर हो ?
हामीले नेपाल कहाँ छाडेको छ र ? म त धेरै समय नेपाल नै बस्छु । समय–परिस्थितिअनुसार मिलाएर म नेपाल र बाहिर बस्ने गर्छु । खासमा नेपालमा पाएको सांगीतिक उपलब्धिकै कारण हामी विदेश जान सकेका हौं । नेपालमा गीतसंगीतको क्षेत्रमा चर्चित नभइदिएको भए मैले सांगीतिक कार्यक्रमकै लागि विदेश जाने अवसर कसरी पाउँथें र ! मैले त नेपालमै आफ्नो सांगीतिक करिअर देखेको छु ।

–नेपाली संगीत उद्योगलाई प्रवासी नेपालीले धानेका छन् भन्छन्, के लाग्छ तपाईंलाई ?
केही हदसम्म यो कुरा सही पनि हो । यद्यपि, नेपाली गीतसंगीत प्रवासी नेपालीबाटै पूर्णरूपमा धानिएको हो भन्न मिल्दैन । यहाँ पानी पर्दा विदेशमा छाता ओढ्ने मात्र हो ।

–तपाईं त दम्पती नै संगीत क्षेत्रमा हुनुहुन्छ, अप्ठेरा÷सजिला अनुभव के छन् ?
हामीलाई त धेरै सजिलो भएको छ । म संगीत गर्छु, गायकगायिका खोज्न बाहिर जानुपर्दैन । संगीत साधना पनि सँगै गरिन्छ, सिर्जनाको राम्रो÷नराम्रो पक्षमाथि घरमै विवेचना गरिन्छ । यसले गर्दा दुवै जना संगीत क्षेत्रमा हुँदा सजिलो हुने महसुस भएको छ । अप्ठेरोको त कुरै छैन ।

–यो सांगीतिक जोडीको भेटचाहिँ कहाँबाट अघि बढ्यो ?
सांगीतिक कार्यक्रम गर्ने सन्दर्भमा काठमाडौंमा हाम्रो पहिलो भेट भएको थियो । त्यसपछि सहयात्रा निरन्तर जारी छ ।

–तपाईंहरू दुई जनामा गायन कलामा अब्बल ?
हामी दुवै जना संगीत सिकेर यस क्षेत्रमा लागेका हौं । यशोदाले भातखन्डे संगीत विद्यापीठ लखनउ भारतबाट गायनमा बी. म्युज र मैले प्रयाग संगीत समिति इलाहवादबाट बी. म्युज गायनमा गरेका छौं । हामी अझै निरन्तर सांगीतिक अभ्यासमा छौं । को अब्बल भन्ने कुरा त हामीले भन्ने होइन, श्रोता÷दर्शकले मूल्यांकन गर्ने हो ।

–नेपाली संगीतउद्योग कसरी अघि बढिरहेको ठान्नुहुन्छ तपाईं ?
गीतसंगीतमा अहिले धेरै व्यवसायीकरण भएको छ । यस क्षेत्रमा लाग्ने कलाकारहरूलाई अहिले आफ्नो जीवन धान्न धेरै सहयोग पुगेको छ । यसको भविष्य उज्ज्वल नै छ ।

–तपाईं त निजामती क्षेत्रमा रहँदा–रहँदै संगीतमा लाग्नुभएको रहेछ, कसरी समय मिलाउनुभयो ?
म बेलुका–बेलुका रेस्टुरेन्टमा गजल गाउँथें । यसले मलाई सांगीतिक रियाजको काम गर्यो । फेरि म बिहान घरमै रियाज गर्थें । यसले गर्दा मलाई आफ्नोपनमा ढाल्न धेरै सहयोग पुग्यो । कार्यालय समयबाहेक पनि पनि म्युजिक स्कुलमा आफ्नो भोकल ट्रेनिङका लागि जान्थें । लगाव भएपछि समय त मिलिहाल्छ नि ।

–अहिले दुवै जना नेपालमा हुनुहुन्छ, अब प्रवास छाड्नुभएको हो ?
विदेश आउने–जाने क्रम रहिरहन्छ ।

–अबको योजनाचाहिँ के छ ?
अब बढी समय नेपालमै रहेर गीतसंगीतलाई दिने योजना छ । ‘सहयात्रा २’ निकाल्ने तयारी छ । यसमा यशोदासँग नै सहयात्रा रहनेछ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale