आईतवार, ९ बैशाख, २०७५ (Sun, 22 April, 2018)
विचार
Dec 16, 2016
प्रहरी प्रमुखको मुल्यांकन इतिहासले गर्नेछ
शुक्रबार, पौष १, २०७३

नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रहरी प्रमुखहरु अबको दुई महिनापछि स्वतहः अवकाश हुने छन् । उनीहरुसँगै एक दर्जन एआइजी र केही बरिष्ठ प्रहरी अधिकृतहरुको अवकासले नेपाल प्रहरीको माथिल्लो तहमा शुन्यताको अवस्था सिर्जना हुने देखिन्छ ।

नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी महानिरिक्षक बनेदेखि नै अनेकौ बाधा अवरोधलाई छिचोल्दै आफ्नो कार्यकाल पूरा गर्न लागेका छन् । उपेन्द्रकान्त अर्याल प्रहरी महानिरिक्षक भएपछि नेपाल प्रहरीको खस्किएको मनोवल तल्लो तहबाटै उच्च पार्ने काम गरेर प्रशंशनीय काम गरेका छन् । मुलुकको सुरक्षा अवस्था विगतको भन्दा चुस्त र दुरुस्त बनाउने काम भएको छ । गुण्डा नियन्त्रणमा नेपाल प्रहरीले सफलता हाँसिल गरेको मान्नुपर्छ ।

उपेन्द्रकान्त अर्याल तुलनात्मक रुपमा विगतका आइजीपीहरु भन्दा फरक ढंगले प्रहरी संगठनको नेतृत्व प्रदान गरेका कारण पनि चर्चित छन । विगतमा हत्या र अपराध गरेर भागेका अपरराधी पक्राउ गर्ने र अनुसन्धानको दायरामा ल्याउन अर्याल नेतृत्व सफल भएको मान्नुपर्छ ।

प्रहरीभित्रको गुटबन्दीलाई अर्यालले मेटेर नेपाल प्रहरीलाई नेतृत्वप्रति जिम्मेवार र इमान्दार बनाए पनि उनका आफ्ना ब्याजी सहकर्मीहरु सबैलाई एकसाथ लिएर हिड्न भने सकेनन् । नेपाल प्रहरी भित्रको खुलेआम भ्रष्टचारलाई पूर्ण रुपमा निस्तेज पार्न नसके पनि केही हदसम्म नियन्त्रण कायम गरेको देखिन्छ । तर स्वंयम प्रहरी महानिरिक्षक अर्यालले कति घुस खाए खाएनन त्यो भविष्यमा आफै खोतलिदै जाने छ । उनी बिरुद्ध पनि अख्तियारमा उजुरी नपरेको होईन ।

तर अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई रिजाएका कारण उनी विरुद्ध भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको देखिएको छैन । प्रहरीको लुगा, जुत्ता, राशन, हतियार खरिद लगायतका विषयहरुमा विगतदेखि नै भ्रष्टाचार हुने गरेपनि अर्यालको कार्यकालमा त्यो विषय त्यति विवादित बनेन । गुण्डा भन्दा छाडा र सडकमा छोडेको खुल्ला साँढे झै ट्राफिक प्रहरीलाई बनाईएको छ । जसलाई अच्युतकृष्ण खरेलको पद चिन्हलाई कतिपय अवस्थामा अर्यालले पछ्याएको देखिन्छ । सरुवा बढुवाको असन्टुष्टी सधै रहदै आएको हो त्यो जो भए पनि रहन्छ ।

प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले मधेश आन्दोलनका क्रममा टिकापुर घटनामा एसएसपी सहित ७ जना प्रहरी अधिकृत मार्नेहरुलाई गृहमन्त्री र प्रधानमन्त्रीले मधेशवादी दलको दवावमा छोड्न दवाव दिँदा पनि कुनै हालतमा नछोड्ने अडान लिएर प्रहरी प्रमुखले आफू मातहतकाहरुलाई एउटा गतिलो सन्देश दिएका छन् ।

आइजीपी अर्यालले प्रहरी प्रमुख भएपछि त्यस्तो खासै नराम्रो काम र बदमासी कमाएनन् । उनले गरेको कामको राम्रो नराम्रो मूल्यांकन भोलीका दिनमा देखिन्छ र इतिहास साक्षी बस्ने छ । त्यस अर्थमा उपेन्द्रकान्त अर्याल, विज्ञानराज शर्मा, रमेश शेखर बज्राचार्य, विरेन्द्रबाबु श्रेष्ठ उनका सहयोगी हात थिए भने अख्तियार प्रमुख लोकमानसिंह कार्की उनको दाहिना हुनु नै उनले भ्रष्टाचार बदनामीबाट उन्मुक्ति पाए । एआइजी राजेन्द्रसिंह भण्डारीले त झण्डै कुर्सी फुत्काई दिएका थिए । तर लोकमान कै कारण त्यो पनि जोगियो ।

समग्रमा उपेन्द्रकान्त अर्यालको कार्यकालदलाई सफल नै मान्नुपर्छ । दुई महिनापछि शसस्त्र प्रहरी प्रमुखमा सिंंह बहादुर श्रेष्ठ आईजीपी बन्दै छन् भने नेपाल प्रहरीमा को हुने भन्ने टुङ्गो लागि नसकेको अवस्थामा डिआइजी नवराज सिलवाल अग्रपंक्तीमा देखिएका छन् भने दोस्रो अवस्थामा प्रकाश अर्याल रहेका छन् । प्रकाश अर्याललाई भने आईजीपी अर्यालको साथ देखिन्छ । नेपाल प्रहरीको इतिहासमा आजसम्म आइजीपीले चाहेको ब्यक्ति कोही पनि आईजीपी भएको छैन ।

अर्याल र सिलवाल जो आईजीपी भए पनि तीन जना मात्र एआईजी बन्ने भएपछि प्रहरीभित्र पहिले झै गुटबन्दी नहोला अथवा भईरहेको आइजीपी फ्याँकेर अर्कोलाई आईजीपी बनाउने चलखेल नहोला भन्न सकिदैन । नेपाल प्रहरीको आईजीपी जो बने पनि अबको दिनमा झन चुनौतीपूर्ण बन्ने छ । नयाँ बन्ने आइजीपीले घुस नखाने प्रतिबद्धता साथ शान्ति सुरक्षा र अपराध नियन्त्रणमा भूमिका खेल्न सक्यो, जनतामा भिज्न सक्यो भने मात्र टिक्ने छ । नत्र कठीन हुने छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale