आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
विचार
Dec 23, 2016
अर्थभित्रको राजनीति
शुक्रबार, पौष ८, २०७३
आखिर पूर्वराजाले ज्ञानेन्द्रले जे बोले त्यो नै वास्तविक सत्य हो । सत्य माथि पर्दा हालेर असत्यलाई लुकाउन सकिदैन भन्ने सन्देश पूर्व राजा ज्ञानेन्द्रले दिएका छन् । उनले पुष ६ गते जारी गरेको बक्तव्यमामाथि राजनैतिक दलका नेताहरुबाट अनेकौ टिका टिप्पणी हुन सक्छ ।

राजनीतिका पण्डित र विश्लेषकहरुले निधार खुम्च्याएर बिश्लेषण पनि गर्ने नै छन् । तर पूर्व राजा ज्ञानेन्द्रले बोलेका कुरा आम नेपालीको बुझाई मात्र नभई भोगाई र यथार्थ पनि हो । पूर्व राजा ज्ञानेन्द्र यति बेला राजा होईनन् । एउटा सामान्य नेपाली नागरिक सरह नै हुन । उनले बोलेका कुरा हरेक शब्द शब्दले अर्थ र माने राख्छ । तर उनले जनताको हैसियतमा बसेर बोल्नै नपाउने होईन । उनको पनि अरु नेपाली सरह बोल्न पाउने नागरिक हक अधिकार छ ।

त्यसमा कुनै राजनीतिक दलका नेता र दलालहरुले आपत्ति जनाउन पर्ने कारण छैन । पूर्व राजाको बोल्ने, लेख्ने स्वतन्त्रतालाई कसैले रोक्न सक्दैन । त्यसका लागि कुनै साईत र मुहर्त निकालेर बोल्नु पर्दैन । आम नेपालीले देखे भोगेका छन् । यसलाई वेमौसमी बाजा भनेर टिप्पणी गर्नेहरुले मौसमको बाजा बजाई रहँदा मुलुक भड्खाँलोमा गएको देखेका छैनन् र ? पार्टीगत र दलगत स्वार्थको चश्मा लगाएर होईन की त्यो भन्दा माथि उठेर राष्ट्रिय स्वार्थबाट हेर्ने हो ।

हो पूर्व राजा ज्ञानेन्द्रको बक्तव्यमा आउनु निश्चित रुपले अर्थपूर्ण छ । त्यसका पछाडि अनेकौ राजनैतिक उद्देश्य र तथ्य होलान तर पहिले त्यहाँ राष्ट्रिय एकता अखण्डता र सद्भाव भन्दा फरक नपर्ला । त्यो कुरालाई कसैले पनि ईन्कार गर्न सक्ने ठाँउ छैन । सत्य एउटै हुन्छ झूठ हजार हुन्छन् । पूर्व राजाले एउटा सत्य बोल्दैमा हजारौ झूठ र झूठका खेती गर्नेहरु कसरी तरंगीत हुन पुगेका छन् ।

किनभने क्रान्तिकारी, परिवर्तनकारी, वलीदानी अािद शब्द भावको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर पार्ने, राष्ट्रिय गौरव मेट्नेहरुलाई उनको एउटै बक्तव्यले यति ठूलो झड्का दिन्छ भने उनी सत्य र यथार्थको धरातलमा उभिएर बोलका छन् भन्ने बुझ्नुपर्दछ । त्यसमा नेपाल र नेपालीको राष्ट्रिय एकता अखण्डता र देश भक्तिको भाव जोडिएको छ । यसमा कसैले बिचल्ली हुनुपर्ने र कोकोहाल मच्चाउनुपर्ने कारण छैन ।

कुनैपनि नेताहरुले जनतालाई गणतन्त्र आयो भनेर बिश्वासमा लिन सकेको छैन । यो त जुत्ताको विज्ञापन जस्तो आयो लौ के आयो ? भन्दा नेपालमा रकेट ‘सु’ आयो भने जस्तो उल्लु बनाउने काम मात्र भएको छ । गणतन्त्ररुपी जहाज डुबी सकेको अवस्थामा पूर्व राजाको एउटा वक्तव्यले राजतन्त्र फर्किहाल्छ भन्ने पनि होईन । तर राजनैतिक दलका नेताहरुलाई भने राजाको वक्तव्य माथि राजनैतिक खेती गर्ने सुवर्ण अवसर चाहि प्राप्त भएको छ ।

तर नेपाली जनता अब नेतालाई नै पत्याउन छोडेको अवस्थामा तिनका कुरालाई सहज रुपले पत्याउने छैनन् । पूर्वराजाको वक्तव्य बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड छ । भाषा र शब्दावली मूर्त छ कि अमूर्त छ ? त्यसको सोझो जवाफ पनि त्यहि वक्तव्य भित्र मूर्त रुपमा स्पष्ट शब्दमा छ ।

नेपाली शब्दकोष भित्रबाट नेपाली भाषा मै लेखिएको शब्दावलीहरुलाई देशका दिग्गज भन्नेहरुले छुट्याउन र बुझ्न सक्दैनन भने के पत्रकारिता र बिश्लेषण गरेर बस्छन ? खेत जोत्न गए हुन्छ । पूर्व राजाको वक्तव्य मूर्त र अमूर्त भन्ने नै छैन । जे छ त्यसैमा छ । आम नेपालीले देखे भोगेको यथार्थपूर्ण पिडा र देश भक्तिले ओतप्रोत भएको जीवन्त भाव छ । के पूर्व राजाले गणतन्त्र र संघीयताले देश बिखण्डनको अवस्थामा पुग्दा पनि बोल्न पाउदैनन् ? बोल्दा आगोमा घिउ थपेको हुन्छ ? यदि हुन्छ भने त्यो आगो कसले बाल्यो ? हो समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन ।

पूर्व राजा ज्ञानेन्द्रको अभिव्यक्तिले अहिलेको राजनीतिक स्थिरताबाट असहैय भएको स्पष्ट हुन्छ । अरु नेपालीलाई वर्तमान राजनैतिक अवस्थाले पनि जति पोलेको छ, नेपाल दुखेको छ, त्यो भन्दा कम पूर्वराजाका हैसियतले नागरिक जीवनमा बस्दा उनलाई पनि पोल्नु दुख्नु स्वभाविक हो । देशको अक्षत अस्तित्व भन्ने शब्दले अखण्ड नेपालको भाव प्रकट गर्छ । संघीयताको विरोध होईन । संघीयता त के संविधान नै कार्यान्वयन नभएको अवस्थामा संघीयता सिमा निर्धारण, निर्वाचन कहाँ भएको छ र ?

पूर्व राजाको कारण संविधान नबनेको होईन । राजनैतिक दलहरु असफल भएका कारण संविधान कार्यान्वयन नभएको हो । मुलुक भन्दा ठूलो राजनैतिक दल र नेताहरु हुँदैनन् । देशलाई भड्खालोमा हाल्नेहरु अग्रगामी र त्यसमाथि खबरदारी गर्ने प्रतिगामी हुन्छ ? यो कस्तो विश्लेषण हो ? गणतन्त्र मासिए राजतन्त्र फर्किएला नफर्किएला त्यो भोलिको अवस्थाले देखाउला । खबरदारी गर्ने जिम्मा निर्मल निवासको मात्र होईन ३ करोड नेपालीको पनि हो भन्ने कुरा सबैले बुभ्mनुपर्छ । क्रिश्चियन राजमार्ग खनेर विदेशी कार्ड खेलिदा राजनैतिक खेलाडीहरु भन्नेहरुको हालत जनतासामु के छ ? समग्रमा जे देखे त्यो बोले । पूर्व राजाको बोली र शब्दमा अर्थ छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang