आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
मनोरञ्जन
Dec 23, 2016
सदावहार संगीतकार राम सिटौला
शुक्रबार, पौष ८, २०७३
महेश कुमार सुनुवार
सबै सर्जक सर्वकालिन नहुन पनि सक्छन् किनकी संगीतको माहोल समय अनुसार बदलिने गर्दछ । आधुनिक, लोक, गजल र पप संगीतको माहोल समयको वहावसँगै आपूmलाई परिवर्तन गरी अघि बढाउन सक्ने सर्जक हुन सदावहार संगीत निर्देशक राम सिटौला ।

सिटौलाले संगीत भरेको धेरै गजलहरु चर्चित छन् बजारमा आधुनिक गीत, पप गीत र सबै मौलिकता झल्किने खालको संगीत भर्न सक्ने सिटौला निरन्तर रुपमा अवार्ड र सम्मानबाट सम्मानित हुँदै आएका छन् । यो सबै सफलताको राज के हो त भन्ने प्रश्नमा सिटौला भन्छन् गीत संगीत भनेको भावनाको अभिव्यक्ति हो भावनालाई जसले उत्कृट ढंगले गीत संगीतको माध्यमबाट समय सापेक्ष भई प्रस्तुत गर्न सक्छ ऊ नै सदावहार हो ।

विगत १५ वर्षदेखि सांगीतिक यात्रामा आपूmलाई अब्बल सावित गर्नलाई १० वर्ष कठोर संगीत साधान गरेको बताउँछन सिटौला । ‘आपूmसँग प्रतिभा मात्र भएर पुग्दैन आप्mनो क्षमतालाई व्यवस्थापन गर्न सोही अनुसार उक्त विषयमा ज्ञान दक्षताको जरुरी हुन्छ’ सिटौला भन्छन् । गायकको क्षमता शैली आवाजको उत्तरचढावलाई बुझेर सोही अनुरुप संगीत दिन सक्ने उत्कृष्ट पाँच मध्येमा पर्दछन् संगीतकार सिटौला । नयाँ पुरानालाई मिलाएर उत्कृष्ट संगीत दिनसक्ने सटौलाले १० वर्ष शास्त्रीय संगीतको साधना गरेका छन् । उनी संतीतकार मात्र नभई मिठो स्वरको धनी समेत छन् ।

आफू गाएर बजारमा आफ्ना सिर्जना पस्किन भने उनलाई मन लाग्दो रहेनछ । किनभने जे जे पायो त्यही त्यहीमा हात लाउदा त्यसले सोभा नदिने बताउछन् उनी । उनको सल्लाह अनुसार आफ्नो व्यवसाय निर्धारण गर्नसक्नु र त्यहि अनुसार अगाडी बढे सफलता मिल्छ । उनी समय मिलेसम्म केही शब्द लेख्ने गर्छन र त्यसलाई संगीतमा ढाल्ने गर्छन । उनी उत्कृष्ट संगीत प्रशिक्षक समेत हुन । उनका शिष्यहरु सत्यराज आचार्य, प्रमोद खरेल, अर्जुन पोखरेल लगायतले नेपाली संगीतिक आकाशमा अहिले राम्रो बजार लिईरहेको छन् । संगीतकार एवं प्रशिक्षक सिटौलाको नजरमा संगीत सन्तुष्टी हो र यो व्यवसाय पनि हो । किनभने यसले आम मानिसलाई पहिला सन्तुष्टी दिन्छ र त्यसै सन्तुष्टीले सर्जकलाई आत्मनिर्भर बनाउँछ । जुनसुकै विषयमा हात हाले पनि त्यसमा निरन्तरता दिनुपर्छ । त्यसले मात्र हरेक मानिसलाई सफल बनाउने कुरामा उनी ढुक्क छन् । त्यसैको पर्यायवाचीको रुपमा रहेका छन् उनी । उनले हालसम्म पाँच सयभन्दा बढी गीतमा संगीत भरिसकेका छन् ।

उनलाई संगीतको बादशाह, संगीत हेण्डसम सर्जक, सम्पूर्ण संगीतकार भनेर तारिफ गर्ने गर्छन संगीतमा लाग्ने र उनको संगीत मन पराउनेहरुले । उनको लागि यो भन्दा ठूलो सम्पत्ति के नै होला र ? जे होस उनको यो कलाको सम्मान र उनको पदचापलाई पछ्याउने हरेकले उनको लगावलाई मनन गर्नुपर्ने देखिन्छ । उनको मिहेनतको कदर गर्नुपर्छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan