शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
Mar 01, 2017
हटे २० वर्ष पुराना सवारी साधन, अटेर गरी चलाए ठूलो जरिवाना
बुधबार, फागुन १८, २०७३
काठमाडौं : बुधबारदेखि २० वर्ष पुराना कालो नम्बर प्लेटका सार्वजनिक सवारीलाई सडकमा चल्न निषेध गरिएको छ । अब २० वर्ष पुराना भाडाका सार्वजनिक सवारी सडकमा आए सवारी धनीलाई कारवाही सहित जरिवाना पनि गराइनेछ ।

यातायात व्यवस्था विभागका अनुसार २० वर्ष कटिसकेका सार्वजनिक सवारीलाई कवाडीमा बिक्री गर्नुपर्नेछ । अटेर गरेर गुडे ठूलो जरिवाना सहित कारवाहीको भागिदार हुनुपर्नेछ विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।

विभागले मंगलबार ट्राफिक प्रहरी निर्देशनालयलाई पत्र लेख्दै २० वर्ष पुराना सवारी सडमा आए कारवाही गर्न पत्र लेखिसकेको छ । अब २० वर्ष आयु नाघेका सार्वजनिक सवारीको कर समेत बुझिने छैन । पण्डेका अनुसार त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन । यस्ता सवारीको नामसारी र अञ्चलीकरण पनि रोकिएको छ भने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइएको उनले बताए ।

२० वर्षे सार्वजनिक सवारी देशभरबाटै विस्थापन गर्ने निर्णय नयाँ भने होइन । सरकारले दुई वर्षअघि नै यो निर्णय गरेको थियो । मन्त्रिपरिषदको यो निर्णय ०७१ फागुन १८ गते राजपत्रमा प्रकाशित भएको थियो । निर्णयमा २ वर्षभत्र २० वर्ष आयु पुगेका सबै सार्वजनिक सवारीलाई विस्थापन गरिसक्ने उल्लेख छ । उपत्यका झण्डै गुड्ने ३१ सय सार्वजनिक सवारी २० वर्ष नाघेको हुनसक्ने विभागको अनुमान छ । त्यसमा २४ सय ट्याम्पो, बस, ट्रक तथा माइक्रो र ८ सय ट्याक्सी छन् ।

विभागले अहिले नयाँ गाडी दर्ता गर्दा नै २० वर्षको आयु तोक्ने गर्छ । पुराना गाडीहरुको इन्जन र पार्टपूर्जा काम नलाग्ने हुने भएकाले यात्रु बोक्नु निकै जोखिपूर्ण मानिन्छ ।

- अस्विन गुरुङ

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang