शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
Mar 03, 2017
वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य तालिम लिन आग्रह
शुक्रबार, फागुन २०, २०७३
काठमाडौं : १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैरआवासीय नेपाली संघ महिला फोरमले हाम्रा नारी कहाँ छन् विषयक एक गोष्ठी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रालयका उपसचिव द्रोपदा सापकोटाले वैदेशिक रोजगारीका लागि नेपाली गएका मुलुकमा नेपलीलाई कानुनी सहायता प्रदान गर्न कानुनी सल्लाहकार वा स्थानिय स्वयंसेवक वकिलको परिचालन गरिन लागेकी जानकारी दिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय र गैरआवासीय नेपाली प्रवद्र्धन समितिका सभापति चन्द्र ढकालले नेपाली महिलाले विप्रेषणमा पुर्याएको योगदानको प्रशंसा गर्दै महिलाको क्षमता वृद्धिको लागि सीपमूलुक तालिमको जरुरी रहेको बताए ।

यसैगरी नेपाल महिला उद्यमी महासंघकी उपाध्यक्ष शारदा रिजालले विदेशमा जानु अघि भाषाको ज्ञान, आधारभूत तालिम अनिवार्य रुपमा लिनु उनले बताए । सञ्चय कोषका वीरेन्द्र मोहन अधिकारीले वैदेशिक रोजगारमा गएका कामदारहरुलाई सञ्चयकोषको दायरा भित्र ल्याउने भइरहेको जानकारी दिए ।

वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुको हकहितको लागि कल्याणकारी कोषको स्थापना, हजारे अभियान अन्तर्गत वैदेशिक रोजगारमा गएका कामदारहरुको बचतमा बृद्धि गर्न कर्मचारी संचयकोषसँग सहकार्य भएको र वैदेशिक रोजगारमा अलपत्र परेका नेपाली कामदारहरुको उद्धारमा संघले सहयोग गरिरहेको जानकारी दिए ।

कार्यक्रममा संघका एशिया प्रशान्त क्षेत्रका संयोजक किरणविक्रम थापा, आईसिसि सदस्यहरु सुनिता शर्मा, संगीता मरहठ्ठा, हंसराज ढकाल, खुला विश्वविद्यालयका संयोजक डा. प्रमोद ढकाल लगायतको सहभागिता थियो ।

– नविकाजी राई

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang