शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
मनोरञ्जन
Mar 09, 2017
चलचित्र पत्रकार संघमा सापकोटा
बिहीवार, फागुन २६, २०७३
काठमाडौं : चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा सन्दिप सापकोटा विजयी भएका छन् । बुधबार राति सम्पन्न सातौ महाधिवेशनबाट सापकोटा निर्वाचित भएका हुन् । सापकोटाले प्रतिद्वन्दी लक्ष्मण सुवेदीलाई २१ मतले पराजित गरेका थिए । एक सय १७ मतमा सापकोटाले ६८ र सुवेदीले ४७ मत प्राप्त गरे ।

महासचिवमा अनिल यादव विजयी भएका छन् । यादवले ५८ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी विजय सुवेदीले ५६ मत पाए । उपाध्यक्ष पदमा श्याम अर्याल विजयी भएका छन् । अर्यालले अशेष अधिकारीलाई २७ मतले पराजित गरेका हुन् ।

महिला उपाध्यक्षमा गीता अधिकारी विजयी भएकी छिन् । उनले शारदा थापालाई ५० मतअन्तरले पराजित गरेकी हुन् । खुला सचिवमा बैकुण्ठ पराजुली विजयी भएका छन् । पराजुलीले ६७ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी कुवेर गिरीले ३९ मत पाए ।

खुला केन्द्रीय सदस्यमा वर्षा बस्नेत, उत्सव रसाइली, बाबु सुरेश दुलाल, कृष्ण भट्टराई, विकाश लामिछाने र मनीष कार्की विजयी भएका छन् । समावेशी केन्द्रीय सदस्यतर्फ विशाल राई र महिलामा दीपज्योति थापा निर्विरोध निर्वाचित भएका छन् ।

संगठनतर्फको उपाध्यक्षमा दिनेश सिटौला, समावेशी सचिवमा समिर बलामी, कोषाध्यक्षमा कुवेर डंगोल र सह–कोषाध्यक्षमा जीवन पराजुली निर्विरोध भएका छन् ।

केन्द्रीय सभासदमा डब्बु छेत्री (९१), राजन घिमिरे (८५), शान्तिप्रिय (७९), सुब्रतराज आचार्य (६८), विदुर गिरी (६८), धनबहादुर खड्का (६६), अशोकप्यासी राई (६३), विष्णुप्रसाद सुवेदी (६१) र नेमिश गौतम (५७) मतसहित विजयी भएका छन् । महिलातर्फ स्वस्तिका पन्थी चिलवाल, जयन सुब्बा मानन्धर र रश्मि थापा (लक्ष्मी) निर्बिरोध भएका छन् ।

प्रदेश सभासदमा राजेश खनाल, मनोज केसी, विजयरत्न तुलाधर, रघुनाथ सापकोटा, आरडी श्रृंखला, अमृत पुडासैनी, मञ्जु गैरे, योजना पुरी, सन्ध्या थापा, राजेन्द्र लुइँटेल, पुष्पा थापलिया, सुरज खड्का, चिरञ्जीवी सापकोटा, नवराज ढुंगेल, सुरज पौडेल र अनिल थापा चयन भएका छन् ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang