शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
Mar 20, 2017
बहुराष्ट्रिय सैन्य अभ्यास हुँदै, अभ्यास चैत २१ गते सकिने
सोमबार, चैत्र ७, २०७३
काठमाडौं : काभ्रेपलाञ्चोकको पाँचखालमा अन्तर्राराष्ट्रिय सैन्य अभ्यास सुरु हुँदैछ । सैन्य अभ्यासका लागि नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा २८ मुलुकका एक हजार २४ सेना सहभागी हुँदैछन् ।

सैन्य अभ्यासमा नेपाल, बंगलादेश, बोस्निया हर्जगोभिना, कम्बोडिया, घाना, इन्डोनेसिया, जोर्डन, काजकिस्तान, मलेसिया, मंगोलिया, मेक्सिको, पाराग्वे, फिलिपिन्स, पाकिस्तान र रुवान्डाका सेना सहभागी हुनेछन् ।

त्यस्तै श्रीलंका, किर्गिस्तान, थाइल्यान्ड, अमेरिका, उरुग्वे, भियतनाम, अस्टे्रलिया, क्यानडा, भारत, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र बेलायतका सेनाले सैन्य अभ्यास गर्नेछन् ।

नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्तले गर्न लागेको सैन्य अभ्यासको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।

नेपालमा तेस्रो पटक हुन लागेको सैन्य अभ्यासका लागि नेपाली सेनाले ४९ जना सैन्य प्रशिक्षक तयार पारिएको जनाइएको छ । यसअघि सन् २००० र २०१३मा यस्तै सैन्य अभ्यास भएको थियो । सैन्य अभ्यासकै लागि अमेरिकी सेना प्रमुख नेपाल आएका छन् । बहुपक्षीय सैन्य अभ्यास चैत २१ गते सकिनेछ ।

– महेश सुनुवार
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang