शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
समाचार
May 02, 2017
स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता आज, यस्तो छ निर्वाचन कार्यक्रम
मंगलवार, बैशाख १९, २०७४
काठमाडौं : आगामी बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रक्रिया आजबाट सुरु हुँदैछ । निर्वाचनका लागी आज २ सय ८३ स्थानीय तहमा उमेद्वारको मनोनयन दर्ता हुन लागेको हो ।

आयोगले पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका स्थानीय तहमा निर्वाचन गर्दैछ । आयोगले मनोनयन दर्ताका लागी बिहान १० बजेदेखी ५ बजे सम्मको समय छुट्याएको छ ।

उमेद्वारको मनोनयन लगत्तै आज साँझ सूची प्रकाशित हुने आयोगले जनाएको छ । भोलीसम्म उमेद्वारमाथि दाबी बिरोधको समय दिएको आयोगले २१ गते नाम फिर्ताको समय दिने बताएको छ । त्यस्तै २२ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र सोहि दिन चुनाव चिन्ह प्रदान गरिनेछ ।

कुन–कुन जिल्लामा हुँदैछ चुनाव ?

पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का कुल ३४ जिल्लाहरुमा हुँदैछ ।

प्रदेश नम्बर ३ मा सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर समेत गरी १३ वटा जिल्ला छन् ।

त्यसैगरी प्रदेश नम्बर ४ मा गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीको केही भागसमेत गरी ११ वटा जिल्ला पर्छन् ।

पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ६ का जिल्लाहरुमा हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी ११ जिल्लाहरु समेटिएका छन् ।


यस्तो छ निर्वाचन कार्यक्रम

उम्मेदवार मनोनयन दर्ता
बैशाख १९ गते (बिहान १० देखि ५ बजेसम्म)

उम्मेदवारको सूची प्रकाशन
बैशाख १९ गते (बेलुका ५ः३० बजे)

उम्मेदवारको विरोधमा उजुरी
बैशाख २० गते (विहान १० बजेदेखि १ बजेसम्म)

मनोनयनपत्र जाँच
बैशाख २० गतेदेखि २१ गतेसम्म (दिउँसो १ बजेदेखि ११ः३० सम्म)

उम्मेदवारको नामावली प्रकाशन
बैशाख २१ गते (११ः३० देखि १ बजेसम्म)

उम्मेदवारले नाम फिर्ता लिने
बैशाख २१ गते ( दिउँसो १ बजेदेखि ५ बजेसम्म)

उम्मेदवारको अन्तिम नामावली प्रकाशन
बैशाख २२ गते (बिहान १० देखि ११ बजेसम्म)

उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान
बैशाख २२ गते ( बिहान ११ देखि ५ बजेसम्म)

मतदान गर्ने
बैशाख ३१ गते (बिहान ७ देखि बेलुका ५ बजेसम्म)

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang