विचार
Jun 05, 2017
फोहोर व्यवस्थापन संस्थाहरुका लागि वैकल्पिक उदाहरण
सोमबार, जेष्ठ २२, २०७४
काठमाडौंका गल्ली र सडक छेउछाउ अव्यव्सस्थित फोहोर देख्नु अपरिहार्य भएको छ । नेपालको राजधानी काठमाडौं जुन एक ताका संसारको साङ््ग्रीला नामले चिनिन्थ्यो, आज संसारकै फोहोर शहरहरु मध्ये एक बनेको छ । चोभारदेखि ओखरपौवा वा गोकर्णदेखि बागमती र बिष्णुमती नदीको किनारमा फोहोर मैलाको समस्या बर्सौदेखि यथावत नै छ ।
वास्तविकताको जाँचः
काठमाडौंमा दैनिक ६५० टन ठोस फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरिय निगम बाहेक अरु ७० निजी र गैर सरकारी संगठनहरु फोहोर संकलनमा आवद्ध छन् । व्यक्तिगत रुपमा सजिलै पैसा कमाउने हिसावले फोहोर संकलन गर्ने कामदारहरुले प्लास्टिक बोतल, सिसा बोतल, फलाम आदि संकलन गरि फोहोर संकलन उद्यमीहरुलाई बेच्ने गर्छन् जुन पछि भारतमा निर्यात गरिन्छ । काठमाडौं उपत्यकाभित्र १५,००० भन्दा बढी फोहोर संकलन गर्ने कामदारहरु कार्यरत छन ।
समाधानको सिर्जना गर्ने प्रयासः
नगरमित्र एक सामाजिक व्यवसायिक पहल हो जसले सामाजिक भेदभाव गरिएका फोहोर संकलन कार्यकर्ताहरुको जीवनस्तरमा सुधार ल्याएर शहरीय वातावरणको स्तर बृद्धि गर्ने उदेश्य लिएको छ । यस पहलले पेट (प्लास्टिक) फोहोर संकलन र प्रशोधन केन्द्र चलाएको छ जसले व्यवसायको आर्थिक उन्नती गर्दै छ र अधिक नाफा फोहोर संकलन कार्यकर्ताहरुको सामाजिक र आर्थिक स्तर उत्थान गर्न सहायता गरेको छ । कोका–कोला कम्पनी लगाएत न्क्ष्श् र बोटलर्स नेपाल लि. को प्राविधिक अनि आर्थिक सहयोगमा सन् २०१४ मा स्थापना भएको नगरमित्रले १.३ करोड भन्दा बढी प्लास्टिक बोतल री–साईकल गरेर ४९८ टन बराबरको ग्रीनहाउस ग्यास घटाउन सहयोग गरेको छ ।
प्लास्टिक फोहोर संकलन र प्रशोधनको लागि यस कार्यालयले कसरी प्लास्टिक फोहोर संकलन गर्ने र नेपालको फोहोर संकलन कार्यालयहरुको लागि वैकल्पिक उदारहण ल्याउने प्रयास गरेको छ । फोहोर संकलन गर्ने कार्यकर्ताहरुको सामाजिक र आर्थिक स्तर बृद्धी गर्नु र सहर स्वच्छ र सफा बनाउन व्यापारिक नमुना यस कार्यालयले अपनाएको छ । यस संस्थाले विभिन्न रेष्टुरेन्ट, होटल, अफिस, फोहोर संकलन व्यवसाय र कार्यकर्ताहरुबाट प्लास्टिक बोतलहरु संकलन गर्ने र रि–साईकल गर्ने कार्य गर्दै आएको छ । यसबाट प्राप्त गरेको नाफाले फोहोर संकलन गर्ने कामदार अनि उनीहरुको परिवारले सामजिक र आर्थिक फाईदाको लागि रकम प्रयोग गर्दै आएको छ । यस संस्थाले अपनायको व्यवसायिक नमुना अरु प्लास्टिक फोहोर संकलन गर्ने कार्यालयहरु भन्दा विशिष्ट रहेको छ ।
फोहोर संकलन कार्यकर्ताहरुलाई उचित फाईदाः
फोहोर संकलन गर्ने कार्यकर्ताहरुको आर्थिक र सामाजिक उन्नतिको लागि नगरमित्र सामाजिक संस्थाले आफ्ना कामदारहरुलाई प्लास्टिक बोतल संकलन र प्रशोधन गरे बापत उचित रकम वितरण गरेको छ । हरेक साता बजारमा प्रयोग भएका प्लास्टिक बोतलहरुको भाउको अध्ययन गरी १ किलो प्लास्टिक फोहोरको भाउ निर्धारण गरिन्छ । प्राय अरु फोहोर संकलन गर्ने संस्थामा कामदारहरुलाई थोरै तलब दिने गरेको छ ।
महिलावर्गका लागि रोजगारिको अवसरः
यस संस्थाले महिलाको लागि काम गर्ने सुरक्षित र सफा वातावरणको सृजना गरेको छ । महिलाहरुले आफ्नो घरेलु काम अनुसार फुर्सद मिलाएर बिहान अथवा दिउँसो यस संस्थामा काम गर्न सक्ने छ । केही महिना अघि यस संस्थाले कामदारको आय बदाउनको लागि शनिबार पनि काम गर्न मिल्ने व्यवस्था ल्याएको छ ।
बालश्रम विरुद्धको नीतिः
फोहोर संकलन क्षेत्रमा बालश्रमको प्रयोग हुने गरेको तथ्यलाई ध्यानमा राखेर नगरमित्रले बालश्रम विरुद्धको नीति अपनाएको छ । यस संस्थाले कुनैपनि फोहोर संकलन काम वा संस्थामा बालश्रमको प्रयोग नगर्न अनुरोध गरेको छ ।
फोहोर सांकलन गर्ने कामदारहरुको लागि स्वास्थ हेरचाह र फाईदाहरुः
यस संस्था आफ्ना सम्पूर्ण कामदारहरु र यस बाहेक २ सय ७६ जना व्यक्तिगत रुपले फोहोर संकलनमा लागेका कामदारहरुको स्वास्थ्य हेरचाह र फाईदाको लागि तत्पर छ । यस संस्थाले वाटर प्रुफ ज्याकेट, ट्राउजर, पन्जा, मास्क, टोपी र जुत्ता जस्ता सेफ्टि सामग्रीहरु संस्थासँग आवद्ध र बाहिरी कामदारहरुलाई प्रदान गरेको छ । महिलाहरुले फोहोर छुट्याउन र पुरुषहरुले फोहोर थुपार्ने कार्य गर्दा अनिवार्य रुपमा यी सेफ्टि सामग्रीको प्रयोग गर्नुपर्ने नियम रहेको छ । यस संस्थाले फोहोर संकलन कामदार र परिवारका लागि पटक–पटक निःशुल्क स्वास्थ्य शिविर र प्राथमिक उपचारको तालिम, औषधि र खोपको सुविधा पनि दिँदै आएको छ ।
फोहोर संकलन र व्यवस्थापन गर्ने कामदारहरुका बालबालिकाको लागि शैक्षिक सहयोगः
यस संस्थाले कामदारहरुका बालबालिकाहरुका लागि शैक्षिक सहयोग प्रदान गर्दै आएको छ । अहिलेसम्म यस संस्थाले ९० कामदारहरुका बालबालिकाहरुको लागि ‘सद््भाव छात्रवृत्ति’ प्रदान गरेको छ, जस अन्तर्गत शिक्षाको लागि चाहिने सम्पूर्ण सामग्रीहरु कपि, कलम, पेन, व्याग, युनिफोर्म आदि वितरण गरिन्छ ।
नगरमित्रले अहिलेसम्म १.३ करोड भन्दा बढी प्लास्टिक बोतलहरु रि–साईकल गरेर ४ सय ९८ टन ग्रीनहाउस ग्यास घटाउन र २ सय ७६ फोहोर संकलन कामदारहरुको तलब १ सय ७५ ले बढाएर धेरै स्वास्थ्य हेरचाह, शैक्षिक आवश्यकतामा सहयोग पु¥याएर सामाजिक र वातावरणिय क्षेत्रमा सहयोग गरेको छ ।
नगरमित्रले प्लास्टिक फोहोर संकलन गरेर एउटा उदाहरण दिएको छ । यस्तै अरु सामजिक संस्थाहरु मिलेर फोहोर व्यवस्थापन गर्न सक्छौं र देशको विकास गर्न सक्छौं । यदि फोहोर मैलाको हामीले राम्रोसँग व्यवस्थापन गर्ने हो भने हामीले धेरै फाईदा लिन सक्छौं । यही विश्व वातावरण दिवसदेखि हामी पनि फोहोरलाई खेर नफालौं ।

प्रतिक्रियाहरु
अरु समाचारहरु
संक्षिप्त समाचार
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

E-mail: akhabartimes@gmail.com
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)
Correspondent
Laxmi Kishori Parajuli
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, Pawan Kumar Tamang
Rohini Chhetri, Pawan Kumar Tamang