शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
मनोरञ्जन
Jun 25, 2017
असार १७, १८ र १९ गते "आदिबासी जनजाति चलचित्र महोत्सब २०७४" हुने
आईतवार, आषाढ ११, २०७४

काठमाडौं : आदिवासी जनजाति चलचित्र महासंघद्वारा यहि असार १७, १८ र १९ गते “आदिबासी जनजाति चलचित्र महोत्सब २०७४” गर्ने भएको छ । महासंघले आफ्नो स्थापनाकालदेखि नै आदिवासी जनजाति चलचित्रहरुको प्रवद्र्धन तथा सम्वद्र्धन गर्नका लागि हरेक बर्ष विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।

मुलुकको अर्थतन्त्रलाई बलियो बनाउदैं राष्ट्रको पहिचानलाई जोगाई राख्ने अठोटका साथ आदिबासी जनजाति चलचित्र निर्माण गरिरहेका छन् । २०४४ सालमा नेवारी भाषाको चलचित्र शिलु निर्माण भएदेखि झण्डै पाँच सय भन्दा बढी आदिबासी चलचित्र निर्माण भईसकेका छन् ।

चलचित्रले राष्ट्रको मौलिक पहिचान बचाई राख्नुको साथै नेपालको सांस्कृतिक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पु¥याउने बिश्वासका साथ महासंघले “आदिबासी जनजाति चललिचत्र मोहत्सब २०७४” कार्यक्रमको आयोजना गर्न लागेको हो ।

चलचित्रको माध्यमबाट आदिवासी जनजातिहरुका मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण, प्रवद्र्धनका साथै पर्यटन बिकास लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोग पुर्याउने लक्ष्य लिएको छ । साथै यस महोत्सवमा निम्न लिखित आदिवासी जानजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सवमा जातिय संस्थाबाट छनौट भई सहभागीता जनाउने सबै चलचित्रहरुलाई प्रोत्साहन स्वरुप प्रति चलचित्र पाँच हजार रुपैयाका दरले नगद प्रदान गरिनेछ भने पब्लिक चोईस अवार्ड पाउनेलाई २५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ । 

सहभागी चलचित्रहरु
कर्म क्या (गुरुङ), बन्थी (माझी), फेके (मुगाल), दखल (राजबंशी), पुवालो (राई), ब्यासा (राई), नागा (नागा), पेकोसामा (लिम्बु), जितिया (थारु), लोम्बा (मगर), बुम्बा (तमाङ), कल्ली (नेवार), स्टोरी अफ टाईम (नेवार), ङ्यो थुमै (गुरुङ), त्याग (गुरुङ), टाढाको माया (गुरुङ), छ्याँबाह््रामी (गुरुङ) र गुठ (मगर) ।





प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang