शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
मनोरञ्जन
Jun 26, 2017
आउदो सेप्टेम्बर ८ मा मिस विश्वकर्मा इन्टरनेशनल कतारमा सम्पन्न हुने
सोमबार, आषाढ १२, २०७४
काठमाडौं : मोनाली इन्टरनेशनलको आयोजनामा मिस विश्वकर्मा इन्टरनेशनल प्रतियोगिता हुने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो । नेपालमा छरिएर रहेको विश्वकर्मा समुदायका युवतीहरुमा लुकेको प्रतिभालाई सौन्दर्य प्रतियोगिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

यो प्रतियोगिता कस्तो हो भन्ने पत्रकारहरुको प्रश्नमा ‘मिस मंगोल, मिस नेवा जस्ता प्रतियोगिता जस्तो यो पनि विश्वकर्मा समुदायका युवतीहरुको लुकेको प्रतिभालाई बाहिर निकाल्ने माध्यम हो ।’ आयोजक संस्थाका अध्यक्ष दिपक बराईली बताउँछन ।

प्रतियोगिता आउदो सेप्टेम्बर ८ मा कतारमा सम्पन्न हुने आयोजकले बताए । ‘बिभिन्न समुदायहरु भित्रको आफ्नै खालको प्रतिस्पर्धा गराउने चलन रहेको र हामीले पनि यहि कार्य सुरु गरेका हौं । विश्वकर्मा समुदायका युवतीहरु पनि मिस विश्वकर्मा हँुदै मिस नेपालसम्म जान सक्नेछन् ।’ अध्यक्ष बराईलीले भने ।

कार्यक्रमको अतिथिमा रहेका गायक रामकृष्ण ढकालले पछिल्लो पुस्तामा विश्वकर्मा भन्ने कुरा लगभग हराइसकेको र त्यस्तो भेदभाव पनि नभएको बताए । साथै कतारमा सम्पन्न हुने यस प्रतियोगीतामा आफ्नो पनि सांगितिक प्रस्तुती रहने जानकारी दिए ।

कार्यक्रममा सहभागी नायिका पुजा शर्माले पनि मिस विश्वकर्मा इन्टरनेशनललाई शुभकामना दिइन् । कार्यक्रमका अर्का अतिथि संगीतकार बि.बि. अनुरागीले आफु पनि विश्वकर्मा कै छोरा भएकोले यस्तो प्रतियोगीता हुन लागेकोमा आफु पनि सहभागी हुन पाउँदा खुसी लागेको बताए । उनले विश्वकर्माहरु हिलोबाट उम्रिएको फुल भएको र उनीहरुको बासना संसारभर फैलाउनका लागी यस्ता कार्यक्रमहरुले ठुलो सहयोग मिल्ने बताए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang