शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
मनोरञ्जन
Jul 16, 2017
भदौ २४ मा पहिलोपटक "अन्जु पन्त सुमधुर सन्ध्या २०७४" नामको एकल शो हुने
आईतवार, श्रावन १, २०७४
काठमाडौं : दुई दशकभन्दा लामो समयपछि नेपाली सुगम संगीतकी चर्चित गायिका अञ्जु पन्तको “अन्जु पन्त सुमधुर सन्ध्या २०७४” नामको एकल शो हुने भएको छ । नेपाली संगीत क्षेत्रमा निरन्तर आफूलाई क्रियाशील गराई चर्चाको शिखरमा रहेकी अञ्जुको पहिलो पटक एकल शोमा प्रस्तुत हुँदै छिन् । उनी आगामी २४ भदौमा राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा एकल शो हुने कुरा शनिबार पत्रकार सम्मलेन गरी जानकारी गराएको हो ।

म्युजिक रेकर्डिस्ट एसोसिएशन नेपाल र अञ्जु पन्त फाउण्डेशनको आयोजनामा हुने ‘अञ्जु पन्त सुमधुर सन्ध्या–२०७४’ कार्यक्रमबारे बोल्दै गायिका अञ्जुले भनिन, ‘आज म निकै खुसी छु किनकि, नेपाली संगीतमा दुई दशकभन्दा लामो समय व्यतित गरिसकेकी छु । तर, पहिलोपटक एकल साँझमा प्रस्तुत हुन लागेकी छु ।’ उनले यसअघि पनि विभिन्न संस्था र व्यक्तिबाट एकल साँझका लागि प्रस्ताव आएर पनि समय अभावका कारण प्रस्तुत हुन नसकेको बताइन् ।

आफ्नो एकल शोबारे जानकारी दिँदै अञ्जुले कार्यक्रमबाट उठेको रकममध्ये खर्च कटाएर बचेको आधा रकम रेकर्डिस्टहरुको संस्था र आधा आफ्नो फाउण्डेशन मार्फत बालबालिकाका लागि खर्च गर्ने बताईन् । मानिसको जीवनका शिक्षाभन्दा अरु केही ठूलो नहुने बताउँदै अञ्जुले ‘अञ्जु पन्त फाउण्डेशनबाट शिक्षालार्ई प्राथमिकता दिएको छ ।’

कार्यक्रममा म्युजिक रेकर्डिस्ट एसोसिएशन नेपाल दीप तुलाधर, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारी, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायतले एकल शोको सफलताका लागि अञ्जुलाई शुभकामना दिए । एकल शोमा प्रस्तुत हुनभन्दा अगाडि अञ्जु एक महिने अमेरिकाको सांगीतिक टुरमा सहभागी हुनेछिन् ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang