आईतवार, १ पौष, २०७५ (Sun, 16 December, 2018)
मनोरञ्जन
Aug 01, 2017
सङ्गीत मन ले गर्छु दिमागले भन्दा बढी - कलाकार जितेन्द्र सुनुवार
मंगलवार, श्रावन १७, २०७४
काठमाडौ :जिन्दगीका हरेक पल क्षण सुख दु:ख आरोह अवरोह हुन्छ नै त्यसैको ठूलो औषधि नै गीत सङ्गीतको मध्यम हो । सङ्गीतले कुनै जात भन्छ न त भाषा अनि धर्म । मात्र हुन्छ भाका र धुनले मानस पटल रिदयमा पस्दछ अरु कुनै पनि बिषयलाई मानिसका इन्द्रिय ले अनुभव गर्दछ भने सङ्गीतको भाकालाइ मनले मनन गरिन्छ र दु:ख पीडा भुलाउने गरिन्छ र खुशी हुदा रमाउने गरिन्छ।सङ्गीतले के वालक के बृद्ध के युवा के धनी के गरीव सबैलाई एकै डोरिमा बाधेर राख्दछ ।सङ्गीतको बयान गर्न सकिने कुनै पनि मापन खासै छैन।त्यस्तै नेपाली गीत सङ्गीतको लहड्को भिड्मा एउटा स्थापित हुँदै गरेको नाम हो जीतेन्द्र ब. सुनुवार पिता लाल ब. सुनुवार र माता हास माया सुनुवारको कोख बाट जन्म लिएका सुनुवार पुर्वी भोजपुर जिल्लामा जन्मिएका हुन सानै उमेर देखि नाच्न गाउन रुचाउने भएकाले गर्दा गीत सङ्गीतमा प्रबेश गरेको बताउछन । यसै क्षेत्रमा रहेर आफ्नो भबिष्य बनाउनको निम्ति काठमाडौमा सङ्गीतको पौडी खेल्दै गरेका गायक सुनुवार एस क्षेत्रमा लागेको १० बर्ष पुगेको छ औपचारी तथा अनौपचारिक। आफ्नो कर्मथलो बनाउन काठमाडौ पस्दा अफन्त र साथी भाइ कमै थिए ।जब एक्लो महशुस भए पछि सङ्गीत को माध्यम बाट आफुलाइ भुलाउने गर्दथे भन्दछ्न सुनुवार औपचारिक शिक्षा नभएता पनि अनौपचारिक शिक्षाको अनुभवले ललितपुर गोदावारी स्थित मनोक्रान्ती म्याट्रीक्स स्कुलमा मोटिभेट परामर्श कार्यक्रम हुने गर्दथ्यो त्यस बखत विशेष योगा सम्बन्धी कार्यक्रममा डा.योगी बिवेकासनन्दको प्रभावले सङ्गीतको मह जाग्न प्रेरित भएको बताउछन ।सुनुवार बिगत लामो समयको साङ्गीतिक अनुभब भाएकाले काम गर्दै आएकाले 'आईके कुम्श्यो खि ' सुनुवार समुदायको लोक्प्रीय सङ्गीतिक सस्था का प्रमुख सस्थापक एवम सरक्षक पनि हुन ।यो
सस्था स्वादेश तथा विदेशमा रहेका सुनुवार समुदायका कला साहित्य आदि प्रबर्दन गर्ने सस्था बताएका छन ।मस्तिष्क र मन बाट शब्द रचना र सङ्गीत सृजना गर्ने सर्जक जीतेन्द्र ब. सुनुवारको हाल सम्म बजारमा आएका सुनुवारकै शब्द सङ्गीत र स्वर मा रहेका केहि चर्चित गीतहरु हल्ला चलेछ , वेलबारी बजार , हेरेउ ठुलीले , सपना हौ सपना , मेरो यो ढुक्ढुकीमा गीत सुन्न पाइन्छ र अन्य शब्द र सङ्गीत अरु धेरै गायक गायीकाहरुको एल्बममा पनि सुन्न सकिन्छ । सुनुवारको एकल एल्बम केही समय पछि चाडै आउने बताएका छन सो एल्बममा १२ वटा गीत रहने जान्कारी अखबार टाइम्स लाई जान्कारी गराएका छन । 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan