शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
मनोरञ्जन
Aug 12, 2017
मृतप्रायः रहेको गजललाई अमृत छर्केर ब्युँझ्याउने ज्ञानुवाकर पौडेल
शनिबार, श्रावन २८, २०७४

मोतीराम भट्टले १९४० सालमा वनारसमा रहँदा त्यहाँका उर्दू र हिन्दी गजलकारको प्रभावले सबैभन्दा पहिले नेपाली भाषामा गजल विधालाई भित्र्याए । करिव ५०-५५ वर्ष नेपाली साहित्यमा शम्भुप्रसाद ढुंगेल भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरजस्ता केही सीमित स्रष्टाले गजल लेखे तर, १९९६ सालपछि गजलको गति रोकियो ।  २०३० को दशकमा एकजना त्यस्ता सर्जक गजलमा देखा परे जसले मृतप्रायः रहेको गजललाई अमृत छर्केर ब्युँझ्याउने काम गरे । ती गजलकार हुन् ज्ञानुवाकर पौडेल ।

७१ वर्ष अघि कैलालीमा जन्मिएका गजलमाली ज्ञानुवाकर पौडेल लाग्छ गजल लेख्न र नेपाली गजल उत्थानकै लागि जन्मिएका हुन् । मोतीराम भट्टले १९४० सालमा मुलुकमा भित्र्याइएको गजलले संस्थागत मान्यता पाउन निकै संघर्ष गर्नुपर्यो । सुरुमा शाश्त्रीय संरचना र श्रृंगारिक लेखनमा मात्र सिमित गजल विक्रम संवत १९९६ सालपछि लेखिनै छाडियो । जब पुरानो मान्यता तोडेर आधारभूत संरचनामा रहेर पौडेलले गजलमा कलम चलाउन थाले त्यसपछि मृतप्राय रहेको नेपाली गजल लेखनको नयाँ  अध्याय सुरु भयो ।

प्रशासन हेर्ने गरी सेनामा जागिर खाएका पौडेलको औपचारिक शिक्षा पनि जागिर खाएपछि नै सुरु भयो । घरमै कखरा सिकेका पौडेलको  काठमाडौको दरवार हाइस्कुलमा कक्षा ७ मा भर्ना भए । त्यहीबाट एसएलसी उतिर्ण गरे  । कलेज पढ्न थालेपछि भने जागीरे जीवनबाट समय मिलाउन कठीन भयो । कर्णेल रिसाएर उनलाई दुर्गम जिल्लामा सरुवा गरे । तर पौडेल जान मानेनन् । पौडेललाई कारवाही गर्न नसकेको भन्दै कर्णेलले बर्दी फुकालेपछि भने उनले उच्च शिक्षा र गजल लेखनकै लागि जागिर त्यागे । र गजल लेख्दै पढ्दै  उनले स्नातक सम्मको अध्यन पुरा गरे र गजल क्षेत्रमै आफुलाई समर्पित गरे ।

गजलमाली पौडेललाई उनकी जीवन सगीनी त्रिपुरा पौडेलको साथले पनि उनको गजल यात्राका गोरेटाहरु फराकिला भए । उनी पनि मुक्तकमा खारिएका स्रष्टा हुन् । यसरी गजलमाली ज्ञानुवाकर पौडेलको दम्पतीनै साहित्त्यको क्षेत्रमा अग्रसर छन् । उनै मुर्धन्य स्रष्टा पौडेलको योगदानकै कारण अहिले साहित्यमा पहिलो पटक लेखिने सृजना नै गजल बन्न पुगेको छ ।

आज गजल संरचनाका दृष्टिकोणले छन्द र लयका पुराना मान्यताहरूलाई तोडेर स्वनिर्मित लय र नेपाली संगीतको धरातलमा गजल प्रवेश गरेको छ । आज गजल माया प्रेम र युवायुवतीका प्रणय कामनाका अभिव्यक्तिहरूमा मात्र सीमित नराखी मानव समाजका हरेक विषयवस्तुहरू र युग सुहाउँदो विचार र चिन्तनको ढोका उघार्ने काम भएको छ ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang