मंगलवार, १ श्रावन, २०७५ (Tue, 17 July, 2018)
मनोरञ्जन
Aug 21, 2017
अहिलेका व्यस्त सङ्गीतकार महेश ज्ञवाली(मालिक)
सोमबार, भाद्र ५, २०७४
काठमाडौँ भद्रा ५ : साच्चिकै आफ्नो पेशा र धर्म निभाउदै अनुवरत रुपमा बिगत १५ बर्ष अगाडि देखि नै नेपाली सङ्गीत क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सकेको नाम हो महेश ज्ञवाली यो नाम अफैमा सङ्गीतको सप्तरङ्गी नाम जस्तै भै सकेको छ । धेरै मानिस आफ्नो पेशा बाहेक अन्य अरु पेशा फेरवदल गर्दछन आफ्नो पेशा सङ्ग सन्तुष्ट नभएर। झन भनौ त नेपाली गीत सङ्गीत क्षेत्रमा पेशा बनाएर टिक्न गारो छ ? नेपाली सङ्गीत बजारमा ।यहि प्रश्न महेशलाई गर्दा उहाको जवाफ अनुसार सङ्गीत र अफ्नो पेशामा निर्भर्ता भएका व्यक्ति सजिलै सङ्गीत सागरमा पौडी खेल्न सक्छ भनाइ थियो।जस्तो कि मलाइ उदहरणको रुपमा हेर्न सक्नु हुन्छ भन्नू हुन्छ उहाँ । जस्तै फलाम र सुन जमिनमा एकै पटक गाढेर ५ बर्ष पछि निकालियो भने फलामको भाउ घटेर का पुगेको हुन्छ र सुनको भाउ बढेर का पुगेको हुन्छ ?भनेको मतलब सुन सुनै हो फलाम सुन हुदैन ।कामले टिकेका सर्जक सङ्गीतकार र गफ र हावामा विकेका सङ्गीतकारको फरक यहिनै छ ।मलाइ लाग्छ नेपाली सङ्गीत क्षेत्र अव धेरै फिल्टर भएर जानेछन अनि अन्तराष्ट्रीय सङ्गीत बजारमा नेपाली गीतसङ्गीत गुन्जिने छन । उनले अहिले सम्ममा धेरै साहित्यकार एवम् गीतकार सग सहकार्य गर्दै आफ्नो सङ्गीत भरी सकेका छन ।जसमध्य तपाइलाइ मन पर्ने गीतकार को हुनसक्छ प्रश्न गर्दा उहाँ को जवाफ थियो धेरै गीतकार ज्यू हरु सङ्ग काम गरिसकेको छु जसमध्यमा धेरै जसो काम वरिष्ठ साहित्यकार एवम् गीतकार अ्म्बिका गुरुङ ज्यू सग काम गरेको हुनाले सजिलो मलाइ लाग्छ । उहाँ सग सहकार्य गर्दै आएका अग्रज देखि अनुज सम्म र चर्चित देखे सबै कलाकारहरु गायक गायिकाहरु सग काम गर्न भ्यएका छन । जस मध्य नाम यसप्रकार छन - पप गायक नवीन के .भट्राई , सुगम पोख्रेल,चर्चित नायिका पुजा शर्मा,पहिलो नेपाली रयापर
गिरिश खतिवडा,ईन्दिरा जोशी , राजन राज शिवाकोटी(सुर्के थैली ) ,मिना पोख्रेल निरौला (काले दाइ), सना महर्जन ,नेपाली तारा देवेश राई , अनि सन्चारकर्मी एवम् गायक महेश मुखिया सुनुवार , चर्चित गायक गयिका मेलिना राई र कमल खत्री सम्म काम गर्न भ्याएका छन ।सङ्गीतकार महेश ज्ञवाली हालचालै नेपालको लोकपृय म्यूजिक कम्पनी द रेबेल कृयशनमा आवद्द भै सो कम्पनीको निर्देशक गगन प्रधान सग सहकार्य गर्दै र नयाँ नेपाली चलचित्रमा समेत सङ्गीत सृजनामा व्यस्त छन ।उहाँको भनाई अनुसार मानिसको दु:ख सुख जसरी पनि जिन्दगी चली रहेको हुन्छ केवल पैसा र आम्दानी भनेको आफुलाई साधरण जीवन जिउनको लागि भए पुग्छ त्यो भन्दा किन धेरै चाहिन्छ र बरु अफ्नो सृजना गुणस्तर बनाउनमा ध्यान दिन्छु भन्दछन । कसैको दबावमा सृजना गर्न नरुचाउने सङ्गीतकारले प्रोजेक्ट्को बजेट सम्म फिर्ता गरि सकेका छन। विश्वास सृजनामा गर्ने हो त्यो च्यालेन्ज भनेको रुप र पैसाको घमण्ड होइन आफ्नो कलामा दखल राखी भर पर्नु पर्दछ र ध्यर्य धारण र अनुसासन बन्न सिक्नु पर्दछ भन्ने मुल पाठ सिकाउदछ सङ्गीतकार महेश ज्ञवाली (मालिक)को पाठ बाट र सङ्गीत क्षेत्रमा लागेका कलाकारहरूलाई प्रेरणा मिल्नेछ महेश ज्ञवाली सङ्गीत क्षेत्रको भलो चाहन्छन ।  



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa