शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
आर्थिक
Aug 28, 2017
काठमाडौंको सतुंगलस्थित दुगड फुड्समा प्रहरीको छापा, फ्रुटी गोदाममा म्याद गुज्रिएका कच्चा पदार्थ फेला परेपछि गोदाममा शिल
सोमबार, भाद्र १२, २०७४

काठमाडौं : काठमाडौंको सतुंगलस्थित दुगड फुड एण्ड वेभरेज प्रालिको फ्रुटी तथा एप्पी जुसको गोदाममा आज साँझ छापा मारी शिल लगाइएको छ । म्याद नाघेको कच्चा पदार्थ प्रयोग गरी फ्रुटी उत्पादन गर्दै आएको भन्ने बिशेष सुराकीको आधारमा जिल्ला प्रशाशन कार्यालयको नेतृत्वमा अपराध अनुसन्धान महाशाखा तथा प्रहरी परिसरको आकस्मिक संयुक्त अनुगमन टोलीले छापा मारेको हो ।

जिल्ला प्रशाशन कार्यालय, प्रहरीको अपराध अनुसन्धान महाशाखा तथा प्रहरी परिसरको संयुक्त अनुगमन टोलीले सोमबार दुगड ग्रुपको फ्रुटी तथा एप्पीको गोदाममा छापा मारी शिल लगाएको छ । गोदाममा म्याद नाघेको करिब ४ सय बढी ड्रम कच्चा पदार्थ म्यंगो पल्प भण्डारण गरी राखिएको फेला परेको थियो ।

आज साँझ करिव ७ बजे दुगडको सतुंगलस्थित फ्रुटी गोदाममा बिशेष सुराकीको आधारमा छापा मार्दा म्याद गुज्रिएका कच्चा पदार्थ भेटिएपछि संयुक्त अनुगमन टोलीले तत्काल उत्पादन बन्द गर्दै गोदाममा शिल लगाएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमकुमार लुइटेलले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा फ्रुटी उत्पादन गर्न तयारी अवस्थामा राखिएको करिब २३ ड्रम तथा गोदाममा करिब ४ सय बढी ड्रम म्याद नाघेको कच्चा पदार्थ फेला परेको थियो । छापा मार्दा म्याद नाघेका बस्तु प्रयोग गरी फ्रुटी बनाइएको भेटिएपछि गोदाममा सिल गर्दै भोली थप कारवाही प्रक्रिया अघि बढाइने सहायक प्रजिअ लुइटेलले जानकारी दिनुभयो ।

कच्चा पदार्थ बाहेकका बिक्रीका लागि बजारमा लैजान तयारी अवस्थामा रहेका करिव १ लाख ५० हजार भन्दा बढी प्याकेट फ्रुटी समेत अहिले बजारमा लाने अवस्थामा नरहेको सहायक प्रजिअ लुइटेलले जानकारी दिनुभयो ।

छापा मार्ने क्रममा जिल्ला प्रशासनको टोलीसँगै महानगरी अपराध महासाखाका बरिष्ठ प्रहरी उपरीक्षक दिवेस लोहनीको टोली पनि फ्रुटी गोदाममा पुगेको थियो । दुगड फुड्सको गोदाममा गत वर्ष पनि छापा मारेर करिब २ लाख प्याकेट फ्रुटी नष्ट गरिएको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang