आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
आर्थिक
Aug 29, 2017
नाडा अटो शो को १२औं संस्करणको बृहत प्रदर्शनी सुरु
मंगलवार, भाद्र १३, २०७४
काठमाडौं : सवारी साधनको बृहत प्रदर्शनी नाडा अटो शो को १२औं संस्करण काठमाडौंमा मंगलबादेखि भृकुटीमण्डपमा शुरु भएको छ । हरेक वर्ष हँुदै आएको सवारी साधनको प्रदर्शनीमा यस पटक पनि विभिन्न ब्राण्डका नयाँ नयाँ गाडी किन्दा छूटका स्किमदेखि बैंक लोन सम्मको ब्यवस्था गरेको छ । नेपाल अटोमोवाइल डिलर एसोसिएसन नाडाले आयोजना गरेको सवारी साधनको बृहत प्रदर्शनी नाडा अटो शो को १२औं मेलाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले उद्घाटन गरेका थिए ।

नाडा शो उद्घाटनपछि बोल्दै मन्त्री बलायरले अटो व्यापारीहरुलाई कम्पनीको फाइदको लागि मात्र नभई देशको हितमा पनि ध्यान दिन आग्रह गरे । भन्सार छुट मात्रै होइन आवश्यक परे गाडी नै अनुदान दिन समेत मन्त्रालय तयार रहेको तर मन्त्रालयमा त्यसको प्रयोजनको कारण र आवश्यकताबारे प्रस्ट हुनुपर्ने मन्त्री बलायरको भनाई थियो । मेलामा साना ठूला गरी १ सय ३० वटा स्टल रहेका छन् । जस मध्ये १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे र ६ वटा ब्राण्डका हेभी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको छ । ६ दिनसम्म चल्ने मेलामा झण्डै ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने तथा करिब ५ अर्ब रुपैंया बराबरको सवारी साधन बुकिङ हुने अनुमान नाडा आयोजकले जनाएको छ । अहिलेको समयमा हरेकको जीवनमा अपरिहार्य बनेको सवारी साधनमा बैंकहरुले प्रदान गर्दै आएको ऋण रकम बृद्धि गरि ९० प्रतिशतसम्म ऋण दिनुपर्ने नाडाका महासचिव कृष्णप्रसाद दुलालले बताए ।

मेलामा एकै ठाउँमा आयातकर्ता, डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरुको जमघट हुने भएकोले विशेष महत्वको रुपमा लिइन्छ । दशैं अगाडिको एक महिना र पछाडिको एक महिना गरी यो दुई महिनालाई गाडी व्यापारीहरुले विशेष सिजनको रुपमा लिने गर्छन् । यही अवसरमा विशेष छुटका अफरहरु तथा पहिले बजारमा नदेखिएका नयाँ मोडेलका सवारी साधन समेत सार्वजनिक गरिन्छ । मेलामा सवारी साधन बाहेकका अन्य ८ वटा लुब्रिकेन्ट, १० वटा बैंक, २ बीमा कम्पनी, ४ वटा टायर कम्पनी, ४ वटा ब्याट्री कम्पनी र १८ वटा अन्य कम्पनीको समेत सहभागिता रहेको छ ।

प्रस्तुती : गणेश गुरुङ



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan