आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
आर्थिक
Sep 04, 2017
दरबारमार्गमा २४ सय पर्ने जुत्ता २७ हजारमा, सरकारले गर्यो शिलबन्दी
सोमबार, भाद्र १९, २०७४
काठमाडौं : आपूर्ति मन्त्री सहितको अनुगमन टोलीले दरबारमार्गका ब्राण्डेड पसलमा छापा मारेर ४ वटा पसल सिलबन्दी गरेको छ ।

आपूर्तिमन्त्री शिवकुमार मण्डल सहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनमा ती पसलहरुले लत्ताकपडामा चर्को मुल्य असुल्ने गरेको भेटिएको छ ।

ब्राण्डेड स्टोरहरुले सामानमा ११ गुणा भन्दा धेरै मुल्य लिने गरेको अनुगमनमा पाइएको छ । अनुगमन टोलीले दरबारमार्गमा रहेको पुमा, नाइके, बिन्टले र स्टोर वानमा अनुगमन गर्दा व्यवसायीले उच्च मुनाफा राखी कालोबजारी गरेको जनाएको छ ।

अनुगमनका क्रममा १ हजार पर्ने कपडा ४ देखि ५ हजार, २४ सय रुपैया पर्ने जुत्ताहरु २७ हजार रुपैयाँसम्म लिने गरेको पाइएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले जानकारी दिए । ‘व्यापारको नाममा लुटतन्त्र फस्टाएको रहेछ, यो सरासर कालोबजारी हो,’ उनले भने– ‘ग्राहक लुट्न पल्केका चार वटै स्टोरमा शिलबन्दी गरेका छौं । अनुसन्धान गरी थप कारवाही अगाडि बढाउँछौं ।’

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले शिलबन्दीमा परेका व्यवसायीलाई सम्पूर्ण कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिए । ‘सबै कागजात नभेटिए छानबिन गरी मुद्दा दायर गर्छौं,’ उनले भने ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan