शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
आर्थिक
Oct 12, 2017
पछिल्लो दुई दिनदेखि सुधरिदै आएको शेयर बजार परिसूचक नेप्सेमा आज पनि सामान्य सुधार
बिहीवार, असोज २६, २०७४
काठमाडौं : पछिल्लो दुई दिनदेखि सुधरिदै आएको शेयर बजार परिसूचक नेप्सेमा आज पनि सामान्य सुधार देखिएको छ । साताको तेस्रो दिन मंगलबारदेखि देखिएको सुधारको संकेत संगै आज नेप्से ४ अंकले वृद्धि हुदै १ हजार ५ सय १०अंकमा पुगेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव शुन्य ३ अंकले वृद्धि हुदै १ हजार ५ सय १० दशमलव शुन्य २ अंकको बिन्दुमा पुरी कारोबार बन्द भएको छ । कुल १ सय ५४ कम्पनीको ८ लाख ९९ हजार ३ सय ३६ कित्ता सेयर खरिद बिक्री हुँदा आज सेयर बजारमा करिब ४० करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ८ वटा समूहमध्ये ३ वटा समुहमा वृद्धि देखिएको छ भने ५ वटा समुहमा गिरावट आएको छ ।

सबैभन्दा धेरै वृद्धि हुनेमा अन्य समूह ३० दशमलव शुन्य ७ अंकले वृद्धि भएको छ भने बैंकिंग समुह २ दशमलव शुन्य १ र ट्रेडिंग समुह शुन्य दशमलव २ पाँच अंकले वृद्धि भएको छ । त्यसैगरी सबै भन्दा धेरै बिमा समूहमा २१ दशमलव ८ अंकले गिरावट आएको छ । बिहिबार कारोबार रकममा भने चिलिमे जलबिद्युतले करिब ७ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्दै अग्रता लिएको छ ।

आज रिलायन्स फाइनान्स लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै अर्थात् ५ दशमलव ५ सात प्रतिशतले कमाएका छन् । त्यसैगरी सिर्जना फाइनान्स बित्तिय संस्थाका लगानीकर्ताले सबै भन्दा धेरै अर्थात ४ दशमलव ८ पाँच प्रतिशतले गुमाएका छन ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang