आईतवार, ३ आषाढ, २०७५ (Sun, 17 June, 2018)
खेलकूद
Oct 15, 2017
नेपाली सेनाका खेलाडीलाई महारथी राजेन्द्रसिंह क्षेत्रीद्वारा सम्मान
आईतवार, असोज २९, २०७४
काठमाडौं : अल्ट्रा ट्रेल रेसमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका नेपाली सेनाका खेलाडीलाई महारथी राजेन्द्रसिंह क्षेत्रीले सम्मान गर्नुभएको छ ।

नेपाललाई प्रतिनिधित्व गर्दै नेपाली सेनाबाट अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा सहभागी भई पदक दिलाउन सफल सात जना नेपाल सेनाका खेलाडी सम्मानित भएका हुन् । नेपाल सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा महारथी क्षेत्रीले सात जना खेलाडीहरुलाई सम्मान गर्नुभएको हो ।

सम्मान पाउने खेलाडीमा समिर तामाङ, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ, वेदबहनदुर तामाङ, उत्तम खत्री, भिमबहादुर गुरुङ र रोजिना भण्डारी रहेका छन् । नेपाल सेनाका महारथी राजेन्द्रसिंह क्षेत्रीले देशको गौरव बढाएकोमा नेपाली सेनाका खेलाडीहरुलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा सम्मान गर्ने कार्यले निरन्तरता पाउने अपेक्षा ब्यक्त गर्नुभयो ।

सम्मानित हुने खेलाडीहरुले मिहिनेत वापत पाउने सम्मानले उर्जा दिलाएको र आगामी प्रतियोसगताको लागि मिहिनेत गर्न हौसला मिलेको बताए । कार्यक्रममा शरद अधिकारीद्वारा लिखित पुस्तक नेपाल आर्मी ईन डेभलपमेन्ट सक्सेस स्टोरी नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale