शनिबार, ३ कार्तिक, २०७५ (Sat, 20 October, 2018)
आर्थिक
Oct 17, 2017
एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी
मंगलवार, असोज ३१, २०७४
काठमाडौ : गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएको हो । उनले ११ सय ९७ मत प्राप्त गरे भने गुरुङले ५ सय ८४ मत प्राप्त गरे ।

कुल एक हजार ८ सय ५४ मध्ये एक हजार ७ सय ८८ मतदाताले मतदान गरेका थिए । अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएनए स्थापना कालदेखि सुरु भर्इ पूरा नभएका ऐजेन्डामा काम गर्ने बताए । एनआरएनएमा हालसम्म सुरु भएका सबै एजेन्डा अघि बढाउने नवनिर्वाचित अध्यक्ष भट्टले प्रतिबद्धता ब्यक्त गरे ।

उनले निर्वाचनमा हारजित स्वभाविक भएको भन्दै एनआरएनएलाई एकढिक्का बनाएर काम गर्ने बताउए । चुनावी परिणामलाई मनमा नलिई एनआरएनए अभियानमा सहभागी हुन समेत उनले आह्वान गरे । एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएनए, सामूहिक लगानीलगायत ऐजेन्डा समेत अघि बढाउने उनको भनार्इ थियो । दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् ।

यसैगरी महिला उपाध्यक्ष सपिला राजभण्डारी निर्वाचित भए भने महासचिवमा डाक्टर बद्री केसी निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा डबरबहादुर क्षेत्री र जानकी गुरुङ, कोषाध्यक्षमा हिक्मतबहादुर थापा र सहकोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएका छन् । त्यस्तै महिला संयोजकमा भूमादेवी लिम्बु र युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् ।

सन् २००३ मा स्थापना भएको एनआरएनएमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समितिभित्र छ वटा क्षेत्रीय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था गरिएको छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुकका गैरआवासीय नेपाली सहभागी भएका थिए । एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan