आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
आर्थिक
Oct 22, 2017
तिहारपछि खुलेको सेयर बजार सामान्य अंकले बढ्दा लगानीकर्तामा उत्साह
आईतवार, कार्तिक ५, २०७४
काठमाडौं : तिहारपछि खुलेको सेयर बजार सामान्य अंकले बढ्दा लगानीकर्तामा उत्साह थपिएको छ ।

आज कारोबारको प्रारम्भमा शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेपनि पछिल्लो समय बिक्री चाप बढेपछि सूचक घटेको थियो । आज नेप्से ३ दशमलव पाँच सात विन्दुले बढेर १ हजार ५ सय ७१ दशमलव नौ दुई अंकमा आइपुग्दा बजार शुन्य दशमलव दुई तीन प्रतिशतले बढेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शुन्य दशमलव ९ अंकले बढेर ३ सय ३१ अंकमा आइपुगेको छ । यस दिन १ सय ४६ कम्पनीका ८ लाख ७२ हजार ३ सय ३० कित्ता सेयरहरु ३६ करोड ९३ लाख ८८ हजार रुपैयाँ बराबरमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

जलविद्युत र अन्य समुहमा दोहोरो अंक र वाणिज्य बैंक, वित्त र विकास बैंक समुहमा सामान्य अंकको सुधार देखिएको छ । आज होटल समुह ४६ अंक, बीमा समुह ११ अंक र व्यापार समुह समान्य अंकले ओरालो लागे भने सिद्धार्थ इन्स्योरेन्स, अरुण काबेली हाइड्रो, जेविल्स फाइनान्स, बरुण हाइड्रो लगायतका कम्पनीहरुको सेयरमुल्य धेरै बढेको छ ।

उता सिन्धु विकास बैंक, सोल्टी होटल, नेरुडे लघुवित्त, एनआइसी एसिया, प्रभु इन्स्योरेन्स लगायतका कम्पनीहरुको सेयरमूल्य धेरै घटेको छ ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa